निर्भीक नारी प्रदेशमा सम्पन्न
‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित विश्वभर ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको थियो ।

कान्तिपुर पब्लिकेशन्सको सह–प्रकाशन नारी मासिककी सहकर्मी प्रकृति दाहाललाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । दाहालसहित चार पत्रकारलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कारका लागि आवेदकमध्ये २०८१/२०८२ का लागि चारजना छनोट भएका हुन् । कान्तिपुर पब्लिकेशन्समा कार्यरत प्रकृति दाहाल र गगनशीला खड्का तथा अन्नपूर्ण मिडिया नेटवर्ककी ममता थापा र राष्ट्रिय समाचार समितिका सुशील दर्नालले पुरस्कार पाउने भएका हुन् ।
मन्त्रालयले बिहीबार पुरस्कार छनोटमा परेका पत्रकारको नामावली सार्वजनिक गरेको हो । मन्त्रालयले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।