‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे

नेपाली महिलाको सशक्तीकरणमा काम गर्दै आएकी शान्ति भण्डारीलाई गल्फ न्यूज र बिइङ सी को सहकार्यमा आयोजित ‘एक्सिलेन्स अवार्ड्स २०२५ मा ‘एक्सिलेन्स इन टुरिजम ट्रेलब्लेजर अफ द इअर २०२५’ को अवार्ड प्रदान गरिएको छ । दुबईको प्रतिष्ठित म्यूजियम अफ द फ्युचर मा आयोजित यस कार्यक्रममा शान्तिलाई यो अवार्ड प्रदान गरिएको हो । दश वर्ष पहिले युएई पुगेकी शान्ति भण्डारी मध्यपूर्वको पर्यटन क्षेत्रमा दुईतल्ले बस चलाउने पहिलो महिला चालक हुन् । दुई वर्ष देखि युएईको बिगबस टुर्स कम्पनीमा कार्यरत छिन् । यो अवार्ड उनले निरन्तरको परिश्रम, आत्मबल र अठोटका कारण प्राप्त गरेकी हुन् ।
पाँचौ संस्करणको यो अवार्ड विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेर आफूलाई अब्बल सावित गरेका ४ सय जना भन्दा धेरै सफल महिलाबाट छानिएका मध्ये ३७ जना विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने उत्कृष्ट महिलालाई अवार्ड प्रदान गरिएको थियो । नेपालकी शान्तिले पनि उक्त अवार्ड जित्न सफल भएकी हुन् । ‘मेरा लागि यो अवार्ड मेरो दुःख, संघर्ष, आँशुको सामना गर्दै सपना पूरा भएको क्षण हो । म यो सम्मान मेरी आमालाई समर्पण गर्छु, जसको माया र आशीर्वादले यहाँसम्म पुग्न सफल भएँ’ शान्तिले भावुक हुँदै भनिन् । उनकी आमा छोरीको यो ऐतिहासिक सम्मानको साक्षी हुन दुबई पुगेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि युएई अर्थ मन्त्रालयको सहयोग सेवा क्षेत्रका सहायक उपसचिव बद्रेया अल मैदूरले सम्बोधन गर्ने क्रममा ‘यो हाम्रो लागि ठूलो गर्वको कुरा हो कि युएईमा महिलाहरूले मन्त्री पदमा २९ प्रतिशत छन् । महिलाहरूले संघीय राष्ट्रिय परिषद्को ५० प्रतिशत पनि ओगटेका छन्, र युएईको सार्वजनिक क्षेत्रको कार्यबलको ६६ प्रतिशत ओगटेका छन्, जसमध्ये ३० प्रतिशतले नेतृत्व पदहरू सम्हालेका छन्’ उनले बताइन् । यी उल्लेखनीय उपलब्धिहरू युएईको दूरदर्शी नेतृत्वको प्रमाण हुन्, जसले महिलाहरूलाई राष्ट्र विकासमा समान साझेदारको रूपमा र फस्टाउँदो, अग्रगामी समाजको जगको रूपमा निरन्तर मान्यता दिएको छ । उनले उत्कृष्ट पुरस्कारलाई काममा सकारात्मक प्रभाव पार्न र अर्थपूर्ण परिवर्तन ल्याउन सबैसँग भएको असाधारण क्षमताको उत्सव मनाउने प्लेटफर्मको रूपमा टिप्पणी गरिन् ।