पोषण तथा डाइटेटिक्स क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यास, नवीन अनुसन्धान र आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले आयोजित ‘जिन्सा २०२६’ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
योर डायटिसियनको आयोजनामा सम्पन्न सम्मेलनमा नेपाल, भारतलगायत विभिन्न देशका डायटिसियन, क्लिनिकल न्युट्रिसन विशेषज्ञ, पोषण शिक्षाविद् तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा गट हेल्थ, इन्सुलिन रेसिस्टेन्स, खेलकुद पोषण, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० तथा नेपालको वर्तमान पोषण अभ्यासलगायत समसामयिक विषयमा गहन छलफल गरिएको थियो।
वैज्ञानिक सत्रअन्तर्गत भारतकी वरिष्ठ डायटिसियन सिल्पी गोयलले इन्सुलिन रेसिस्टेन्स, पीसीओएस र पीसीओडीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन्। त्यस्तै, वरिष्ठ डायटिसियन डा। सोम्या भारनीले ‘गट हेल्थ’ तथा ‘पर्फर्मेन्स न्युट्रिसन इन द इरा अफ एआई’ विषयमा आफ्नो प्रस्तुति राखेकी थिइन्।
सम्मेलनमा योर डायटिसियनका अध्यक्ष डायटिसियन मोदनाथ पौडेलले ‘डाइट इम्प्याक्ट्स एन्ड सक्सेस स्टोरिज अफ डायट थेरापी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने डायटिसियन आयुष अधिकारीले ‘नेपालमा आहार अभ्यासको वर्तमान अवस्था’ विषयमा प्रस्तुति दिएका थिए। यसका साथै विज्ञ तथा सरोकारवालाबीच प्यानल छलफलसमेत आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागी स्वास्थ्य विज्ञहरूले जीवनशैलीजन्य रोगहरूको रोकथाम र व्यवस्थापनमा सन्तुलित आहारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको औंल्याए। उनीहरूले आगामी दिनमा व्यक्ति–केन्द्रित पोषण, खेलकुद पोषण, पाचन स्वास्थ्य ९गट हेल्थ० तथा एआईमा आधारित पोषण परामर्श सेवाको माग उल्लेखनीय रूपमा बढ्ने निष्कर्षसमेत प्रस्तुत गरे।
सम्मेलनले नेपालको पोषण तथा डाइटेटिक्स अभ्यासलाई अन्तर्राष्ट्रिय ज्ञान, अनुभव र प्रविधिसँग जोड्दै यस क्षेत्रको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै व्यावसायिक अनुभव आदानप्रदान गर्ने अवसरसमेत प्रदान गरिएको थियो।