Successfully Copied

रोशनीलाई आइयुसिएन क्षेत्रीय काउन्सिलर पदमा समर्थनका लागि नेपालको आग्रह

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) का सदस्य राष्ट्रहरू र काठमाडौंमा रहेका सबै कूटनीतिक नियोगहरूलाई रोशनी अधिकारी पाठकलाई आइयुसिएनको दक्षिण तथा पूर्वी एसियाका लागि क्षेत्रीय काउन्सिलर पदमा समर्थन गर्न आग्रह गरेको छ ।

दक्षिण तथा पूर्वी एसियाबाट पाँच जनाका लागि उक्त पद रहेकोमा सात जनाको उम्मेदवारी रहेको बताइएको छ ।
मन्त्रालयले पठाएको पत्रमा आगामी आइयुसिएन विश्व संरक्षण महाधिवेशन २०२५ मा उक्त निर्वाचन हुने जानकारी गराइएको छ । यो महाधिवेशन अक्टोबर २ देखि १५, २०२५ सम्म संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुनेछ ।
परराष्ट्र मन्त्रालयले पाठकको विस्तृत व्यक्तिगत विवरण संलग्न गरेको जनाएको छ । मन्त्रालयद्वारा जारी आग्रह पत्रमा भनिएको छ, ‘रोशनी अनुभवी संरक्षणविद् हुन् जसलाई दक्षिण र दक्षिणपूर्वी एसियाभर जैविक विविधता र वातावरण शासनसम्बन्धी गहिरो ज्ञान छ । यसैले उनी यस क्षेत्रको प्रभावकारी प्रतिनिधित्व गर्न क्षमता राख्छिन् ।’
आइयुसिएन सदस्य राष्ट्रहरू र काठमाडौंमा रहेका सबै कूटनीतिक नियोगहरूलाई रोशनीको पक्षमा प्रतिवद्धता जाहेर गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

 Image