‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) का सदस्य राष्ट्रहरू र काठमाडौंमा रहेका सबै कूटनीतिक नियोगहरूलाई रोशनी अधिकारी पाठकलाई आइयुसिएनको दक्षिण तथा पूर्वी एसियाका लागि क्षेत्रीय काउन्सिलर पदमा समर्थन गर्न आग्रह गरेको छ ।
दक्षिण तथा पूर्वी एसियाबाट पाँच जनाका लागि उक्त पद रहेकोमा सात जनाको उम्मेदवारी रहेको बताइएको छ ।
मन्त्रालयले पठाएको पत्रमा आगामी आइयुसिएन विश्व संरक्षण महाधिवेशन २०२५ मा उक्त निर्वाचन हुने जानकारी गराइएको छ । यो महाधिवेशन अक्टोबर २ देखि १५, २०२५ सम्म संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुनेछ ।
परराष्ट्र मन्त्रालयले पाठकको विस्तृत व्यक्तिगत विवरण संलग्न गरेको जनाएको छ । मन्त्रालयद्वारा जारी आग्रह पत्रमा भनिएको छ, ‘रोशनी अनुभवी संरक्षणविद् हुन् जसलाई दक्षिण र दक्षिणपूर्वी एसियाभर जैविक विविधता र वातावरण शासनसम्बन्धी गहिरो ज्ञान छ । यसैले उनी यस क्षेत्रको प्रभावकारी प्रतिनिधित्व गर्न क्षमता राख्छिन् ।’
आइयुसिएन सदस्य राष्ट्रहरू र काठमाडौंमा रहेका सबै कूटनीतिक नियोगहरूलाई रोशनीको पक्षमा प्रतिवद्धता जाहेर गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।