क्यान्सरविरुद्ध ‘नो सेभ नोभेम्बर’
क्यान्सरविरुद्ध चेतना जगाउन ‘नो सेभ नोभेम्बर ः फेसन फर अ कज’ को चौथो संस्करण सम्पन्न भएको छ । फेसन कोच तथा अभिनेता प्रशान्त ताम्राकारले आफ्नै पहलमा क्यान्सरविरुद्ध चेतना जगाउन यो कार्यक्रमको थालनी गरेका हुन् ।
अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको कृति ‘अप्प दीपो भवः’ ल्हासास्थित पोताला दरबारमा सार्वजनिक भएको हो ।
लेखक सिलवाल र एशोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् ।
‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन’, बुद्धको सूत्र वाक्य साभार गर्दै उनले यो कृति प्रकृति र अध्यात्मतिरको यात्रा रहेको बताएका छन् ।