क्यान्सरविरुद्ध चेतना जगाउन ‘नो सेभ नोभेम्बर ः फेसन फर अ कज’ को चौथो संस्करण सम्पन्न भएको छ । फेसन कोच तथा अभिनेता प्रशान्त ताम्राकारले आफ्नै पहलमा क्यान्सरविरुद्ध चेतना जगाउन यो कार्यक्रमको थालनी गरेका हुन् ।
छाया सेन्टरको ठूलो परिसरमा निर्माण गरिएको र्याम्पमा सेलिब्रिटी लगायतका व्यक्तित्वले क्यान्सरविरुद्धको सचेतना र सहयोग सन्देशसहित विभिन्न कार्ड बोकेर ऐक्यबद्धता प्रदर्शन गर्दै क्याटवाक गरेका थिए । ‘प्यानल डिस्कसन’ मा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलका साथमा वरिष्ठ चिकित्सक तथा क्यान्सर सर्भाइभरहरु सहभागी थिए । थिम्ड रनवे वाक्समा क्यान्सर सर्भाइभर, स्वास्थ्यकर्मी, सेलिब्रेटीले आफूलाई प्रस्तुत गरेका थिए । कार्यक्रम आन्ट फाउण्डेसनले गरेको हो ।