शान्ति सम्मानित
मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले) बस चालक शान्ति भण्डारी राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा सम्मानित भएकी छिन् ।

आईईसी कलेज अफ आर्ट एन्ड फेसनले १४ औं इन्टेरियर डिजाइन प्रदर्शनी सुरु गरेको छ ।
म्यारियट होटलमा शनिबार आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न डिजाइन तथा मोडेल प्रदर्शन गरेका थिए । प्रदर्शनमा कागजका सामान, स्मार्ट फर्निचर, सिनेम्याटिक थ्रिएटर , होटल, एलजिबिटीक्यु होमजस्ता आधुनिक वास्तुकला रहेका थिए ।
कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले आन्तरिक र डिजाइनिङ क्षेत्रमा युवालाई अब्बल बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको बताउदै बेलायत सागको सहकार्यमा स्नातकोत्तरको पनि पाठ्यक्रम ल्याउने बताइन् ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले अरु क्याम्पसले भन्दा आईईसीले धेरै मिहिनेत गरेको बताए । उनले बुढानिलकण्ठ नगरफालिकाले यस्ता कार्यक्रमहरुलाई साथ दिने अठोट ब्यत्त गरे ।
मिस्टर नेपाल २०२४ का विजेता सन्तोष लोक्सोम लिम्बुले कलाको सम्मान सबै क्षेत्रबाट हुनु पर्ने बताउदै विद्यार्थीहरुले गरेको डिजाइन र वास्तुकलालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म चिनाउनुपर्ने भनाई राखे ।
प्रदर्शनमा ६५ वटा स्टल रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिइन् ।