काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औं संस्करण बुधबार (आज) देखि सुरु भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को एसिया प्रिमियरबाट राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सुरू भएको छ ।
किम्फ फाउन्डेसनद्वारा आयोजित यस महोत्सव ‘इकोज अफ चेन्ज’ अर्थात् परिवर्तनको प्रतिध्वनि’ नारासहित जेठ २० गते सम्म सञ्चालित हुनेछ । महोत्सवमानेपालसहित २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने बताइएको छ ।
महोत्सवको निर्णायकमण्डलमा निर्देशक निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री डा. सुरेश ढकाल (नेपाल), फिल्म सम्पादक रेजिना बर्तस्की (स्वीटजरल्यान्ड) रहेका छन् ।