सिनेमाको सार्वजनिक ट्रेलरका सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यंग्यका रुपमा प्रस्तुत गरिएको छ । मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाा मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेको देखिन्छ ।
सिनेमामा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ । पात्रहरूले बोलेका संवाद, तीखा कटाक्ष र सरल तर गम्भीर प्रसंगहरूले ट्रेलरलाई प्रभावशाली बनाएको छ । ट्रेलरमा सौगात मल्ल र बेनिशा हमालको अभिनय झल्किन्छ । उनीहरूको सहज अभिनयले ट्रेलरलाई अझ आकर्षक बनाएको छ ।
यो सिनेमाको निर्देशन पक्षबाट सशक्त व्यङ्ग्य शैली अपनाइएको छ भने, सम्पादन र सिनेमाटोग्राफीले ग्रामीण परिवेशलाई राम्रोसँग उतारेको देखिन्छ । ‘सिटामोल’ नेपाली समाजका दुःख–पिर, विडम्बना र भ्रष्ट प्रणालीप्रतिको कटाक्ष हो । ट्रेलरले देखाएअनुसार सिनेमाले कमेडी मात्र होइन, गहिरो सन्देश पनि दिन खोजेको देखिन्छ ।
राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउावाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।