Successfully Copied

‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव

दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।


दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ । जसअनुसार यस रेस्टुराँको मेनुमा किब्बे, खास्बा चिकेन विद् राइस, ल्याम्ब ओजी, मिट् साम्बुसेक परिकार थपिएका छन् ।


नेपाल घुम्न आएका मलेसियन पर्यटक रवीको हातबाट ‘द ब्ल्याक गोल्ड’ मा केक काटेर पहिलो वार्षिकोत्सव मनाएको हो । दरबारमार्गस्थित किङ्स लाउन्जको ग्राउन्ड फ्लोरमा अवस्थित यो रेस्टुराँ विदेशबाट फर्किएका नेपालीले सञ्चालनमा ल्याएका हुन् । सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठका अनुसार स्वदेशमा नेपालीहरूलाई रोजगारी प्रदान गर्ने उद्देश्यले रेस्टुराँ सञ्चालनमा ल्याईएको हो । नेपालमा अन्य रेस्टुराँ धेरै भए पनि अरेबियन परिकार पस्किने रेस्टुराँको संख्या भने न्यून छ । ‘विशेषगरी विदेशी पर्यटकहरूलाई अरेबियन परिकारको स्वाद चखाउने लक्ष्य छ ।’ सञ्चालक श्रेष्ठले भने, ‘राजधानीमा अरेबियन स्वाद चखाउने रेस्टुराँ भेटिदैनन् । हामीले त्यो अभाव पूरा गरिरहेका छौं ।’
रेस्टुराँले आफ्नो पहिलो वार्षिकोत्सवका अवसर पारेर सन् २०२४ मार्च १९ सम्म खानाका विभिन्न परिकारमा १५ प्रतिशतसम्म छुट दिएको छ । द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम अन्तर्गतको प्रेस्टिजिओ होल्डिङ्सले सञ्चालन गरेको यस रेस्टुराँमा करिब एक सयभन्दा बढी अरेबिक परिकारका साथै इन्डियन परिकारहरु मेनुमा उपलब्ध छन् । यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स (अरेबियन टी, गावा, टर्किस कफी) अरेबिक फ्लेवरको हुक्कापनि उपलब्ध छन् । ११ जना नेपाली व्यवसायीले १ करोड रूपैंयाँको लगानीमा सञ्चालन गरेको ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले होम डेलिभरिको सुविधा पनि प्रदान गर्दै आएको छ ।

 Image