Successfully Copied

मकैको पिज्जा

सबैभन्दा पहिला मकैको पिठोलाई पानी राखेर भिजाउने । त्यतिञ्जेलमा गोलभेंडालाई उसिन्ने ।

कवीर भण्डारी, सेफ, मकै घर

सामग्री : एक सानो कप मकैको पिठो, एक कप पानी, १० टुक्रा चिकेनको स्लाइस, सय ग्राम चीज, भेडेखुर्सानी, प्याज, अदुवा–लसुनको पेस्ट, गोलभेंडा, ओलिभ आयल, ओरिग्यानो, थोरै तेल (घिउ भए अझ राम्रो) ।

विधि : सबैभन्दा पहिला मकैको पिठोलाई पानी राखेर भिजाउने । त्यतिञ्जेलमा गोलभेंडालाई उसिन्ने । अदुवा, लसुन, प्याजलाई भुटेर पेस्ट

बनाउने । त्यसपछि चिकेनको स्लाइसलाई प्याज,

भेडेखुर्सानी, धनियाँ, मरिचको धूलो, गरम मसला हालेर मेरिनेट गर्ने र प्यानमा तेल तताएर हल्का फ्राई गर्ने ।

त्यसपछि ताबामा घिउ तताउने र माथिबाट अघि भिजाएको मकैको पिठो हाल्ने र हातले बिस्तारै रोटीको बेस बनाउने । दुईतिर फर्काउँदै पकाउने । त्यसमाथि टमाटरको पेस्ट एक लेयर दलिदिने र चीज कोरिदिने । त्यसपछि फ्राई गरेको चिकेन, भेडेखुर्सानी, प्याज, गोलभेंडा राख्ने र फेरि चीजले टपिङ गरिदिने । त्यसपछि औसत तापक्रममा ओभनमा ५ मिनेटसम्म बेक गर्ने । त्यसपछि पिज्जा खानका लागि तयार हुन्छ ।

 Image