ग्रिल्ड ट्राउट फिस
विधि : ट्राउट माछालाई मस्टर्ड पेस्ट, अदुवा लसुनको पेस्ट, धूलो मरिच, बटर सस, ओलिभ आयलमा स्वादअनुसार नुन राखी मोलेर तावामा ग्रिल्ड गर्ने ।

सामग्री : ताजा बन, बटर, लेट्युस, गोलभेंडा, काँक्राको अचार, क्रन्ची चिकेन,
आयो ओली सस ।
बन बनाउनका लागि
सामग्री : मैदा, अण्डा, इस्ट, बेकिङ प्रोभर ।
विधि : यी सबै सामग्री मिक्स गरेर ४५ मिनेटसम्म छोडिदिने र बाहिर निकालेर १२ मिनेटसम्म ओभनमा बेक गर्ने ।
बर्गर बनाउने विधि : बनलाई बीचमा काटेर आधा बनाउने र त्यसमा बटर गर्ने । त्यसपछि ग्रिल्डमा हिट गर्ने । अब त्यसमा लेट्युस राख्ने, एक सेन्टिमिटर गोलभेंडा राख्ने, तीन वटा काँक्राको स्लाइस पिकल राख्ने । त्यसमाथि क्रन्ची चिकेन राख्ने । माथिबाट आयो ओली सस राख्ने । बनको माथिल्लो भाग ‘क्राउन’ लाई तातो गरेर माथिबाट ढाक्ने । यसमा चीज राखेर पनि खान सकिन्छ ।
- रविन कटुवाल
सञ्चालक, बर्गर डटकम