Successfully Copied

परिकार

डायस आकारमा एकनासले काटिएको बदेलको मासुलाई १५ मिनेटजति उमाल्ने (उसिन्ने) l कराहीमा थोरै तेल तताउने l

सेफ 

इन्द्रप्रभा शेरचन 

(क्याफे दे टुकुचे, लाजिम्पाट)

बदेल अचार 

सामाग्री :

  • हड्डी नभएको बदेलको मासु - एक किलो 
  • अदुवा र लसुन  - एक पाउ 
  • सुकेको खुर्सानो - ५० ग्राम 
  • नुन - स्वादअनुसार 

बिधि :

डायस आकारमा एकनासले काटिएको बदेलको मासुलाई १५ मिनेटजति उमाल्ने (उसिन्ने) l कराहीमा थोरै तेल तताउने l त्यसमा उक्त मासु हालेर कम आचमा क्रिस्पी नभइन्जेल भुट्ने l त्यसपछि जालीमा मासुलाई छानेर तेल तर्काउने l अदुवा, लसुनलाई लामो आकारमा स्लाइस गरी काट्ने l यसलाई लामो रातो खुर्सानी मिसाएर तेलमा तार्ने l यी सामाग्रीलाइ ग्राइन्डरमा ग्राइन्ड गर्ने l यसरी तयार पारेको मसलालाई मासुमा मोल्ने l स्वादअनुसार नुन राखी थोरै तोरीको तेलमा मेथी फ़ुराएर झान्ने अनि मोल्ने l  यसमा कागतीको रस राखेर  सर्भ गर्दा अझ स्वादिस्ट हुन्छ l यो स्न्याक्सका रुपमा खान सकिन्छ l 

 

मुस्ताङ आलु 

सामग्री :

  • लाम्चो आलु - आधा किलो 
  • घिउ - तिन सय ग्राम 
  • नुन - स्वादअनुसार 
  • अचारका लागि - खुर्सानी, लसुन, नुन, तेल 

बिधि :

लाम्चो आकारको आलुको बोक्रा ताछ्ने l धेरै ठुलो आलु छ भने एउटालाई चार टुक्रा र सानो भए दुइ टुक्रा बनाउने l बाक्लो कराहीमा घिउ राखेर कम आचको आगोमा क्रिस्पी नहुन्जेल छोपी -छोपी पकाउने l  बीच-बीचमा आलुलाई फर्काउदै गर्ने l  यो स्न्याक्सका लागि स्वादिस्ट परिकार हो l

यो सँग खानका लागि अचार तयार पार्न रातो खुर्सानी, लसुन, नुन सिलौटोमा पिस्ने l  सानो भाँडोमा तेल तताएर थोरै तेलमा अलिकति मेथी राखी यसलाई माथिबाट झान्नुपर्छ l मुस्ताङ आलु यो अचारसँग चोपेर  खान सकिन्छ l 

कनचम्पा 

सामाग्री :

  • फापरको पिठो - आधा किलो 
  • घिउ - आधा किलो 
  • नुन -एक चम्चा 

बिधि :

कराईमा एक लिटर पानि तताउने l त्यसमा थोरै घिउ र नुन हालेर उमाल्ने l  उम्लेको पानीमा पिठो हालेर ढिडोँ ओढाल्ने l ढिडोँ मज्जाले पाकिसकेपछि फराकिलो थालमा खन्याएर सेलाउने दिने l सेलाइसकेपछि ढिडोँलाई हातमा लिएर स-साना लाम्चो आकारमा रोल गर्ने l उक्त रोललाई तातेको घिउमा फ्राइ गर्ने l 

भेज स्न्याक्सका रुपमा अत्यन्त मन पराइएको यो परिकार थकालीहरुको टिपिकल खाजा हो l फरक स्वाद तथा स्वस्थबर्द्धक भएकाले यो अहिले सबैका माझ लोकप्रिय छ l 

लेपखु 

सामाग्री :

एउटा खसीको टाउको 

  • तेल -सय ग्राम 
  • जिरा - सय ग्राम 
  • प्याज - दुइ ओटा 
  • अदुवा,लसुन -आधा पाउ 
  • गोलभेंडा - चार वटा 
  • कागती - दुइवटा 
  • धुलो टिम्मुर - एक चम्चा  
  • फापरको पिठो - तिन चम्चा 

बिधि :

खसीको टाउकोलाइ आगोमा हल्का पोलेर रौं डढाउने र राम्ररी पखाल्ने l यसमा भएको कान,जिब्रो आदि अन्य मासुयुक्त भागलाई छुट्टयाउने, जिब्रोलाई पोलेर छाला निकाल्नुपर्छ l त्यसपछि सबै मासुलाई स-साना टुक्रामा काट्ने l गिदीलाई भने अलगै छुट्याएर एउटा भाडामा सुरक्षित राख्नुपर्छ l यति गरिसकेपछि प्रेसर कुकरमा तेल तताउने l यसमा मेथी फ़ुराएर बेसार राखी सबै मासु राखेर चलाउने l मासु केहीबेर भुटेपछि खुर्सानीको धुलो र जिरा पाउडर राखेर फेरी चलाउँदै भुट्ने l केहिबेरपछि अदुवा-लसुनको पेस्ट र नुन राखेर चलाउने l मसला भुटीसकेपछि गोलभेंडा राखेर चलाउने l  यसमा थोरै पानि राखेर पाँच सिठीजति लगाउने l सिठी बन्द भएपछि कुकरको बिर्को खोलेर चलाउने l यसमा आवश्यकताअनुसार सुप राखेर उमाल्ने l केहिबेर उम्लिसकेपछि यो सुपको माथि फापरको पिठो र कागती राखेर मोलेको गिदीलाइ राखिदिने र पुन: पाँच-सात मिनेट पाक्न दिने l अन्त्यमा टिम्मुरको धुलो छर्किएर कागतीको रस राख्नुपर्छ  l  यो नौलो परिकार भात, ढिडोँ, चिउरा वा अन्य खानसँग पनि खान सकिन्छ  l थकाली भाषामा 'लेप' भनेको  'गिदी' र 'ख' भनेको 'दाल' हो l  थकालीमाझ निकै प्रचलित  परम्परागत खानमध्य एक 'लेपखु' अहिले सबैमाझ लोकप्रिय बन्दैछ l चाडपर्वका बेला फरक स्वादको यो नौलो परिकार यो कोहिले पनि घरमै बनाएर खान सक्छन् l 

थकाली सेट 

थकाली खानपानमा बिशेष मानिने 'थाकाली सेट' अहिले सहरीयामाझ अत्यन्त लोकप्रिय छ l शरीरका लागी अवाश्यक प्रोटिन, भिटामिन, क्याल्सियम, मिनेरल्सलगायत सबै तत्व प्राप्त हुने सामाग्री प्रयोग गरी यो सेट तयार पारिएको हुन्छ l विविध  भेराइटियुक्त परिकारसहित सर्भ गर्नु यसको बिशेषता हो l  थकाली थालि सेटमा खाना वा ढिडोँका साथमा मुस्ताङ दाल, हरियो साग, गुन्द्रुकको अचार राखिएको हुन्छ l  शुद्ध  घिउ, मुलाको थेवे, टिम्मुरको छोप थकाली सेटका लागी अनिवार्य छन् l  थकाली  सेट आफ्नो रोजाइअनुसार मटन चिकेन र भेज जुनसुकै पनि खान सकिन्छ l 

 Image