भेज परिकार
विधि : थोरै–थोरै पानीको मात्रा मिलाउँदै फापरको पीठोलाई मुछेपछि ३० मिनेट छोडिदिने । त्यतिन्जेल स्टफिङका लागि पनिर किमा तयार गर्ने ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2021/miscellaneous/Fapar-ko-momo--2--23092021012347.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2021/miscellaneous/Fapar-ko-momo--2--23092021012347.jpg&w=1000&height=600)
मिठाईं भन्नेबित्तिकै कसको मुख नरसाउला ? तिहारमा मासुभन्दा बढी बिक्री हुने मिठाई अर्थात् गुलिया परिकार नै हुन् । खाना खाएपछि र कुनै पनि शुभ अवसरमा मिठाई सेवन गर्नु तथा आफन्त एवं साथीभाइलाई बाँड्नु हाम्रो संस्कार नै हो । शाकाहारीदेखि मांसाहारीसम्म र बालबालिकादेखि वृद्धवृद्धासम्म मिठाई सबैको रोजाइमा पर्छ । मिठार्इंबिनाको चाडपर्व खल्लो मानिन्छ । नेपाली मिठाई लाखमरी, एैंठा, निम्की, ल्वाङफूल, रोट आदिको तुलनामा अहिले आयातीत मिठाईको खपत बढी हुन थालेको छ र ती मिठाईको क्रेज अझ बढ्दो क्रममा छ ।
हल्दीराम, गुलाब, सजनगोठ, बिकाजी, बिकानो आदि भारतीय उद्योगका मिठार्इं पनि नेपाली बजारमा उपलब्ध छन् । बजारमा नाम चलेका संगम स्विट्स, रामेश्वरम् स्विट्स, पशुपति फुड्सको आँगन ब्रान्डका मिठाई समेत बिक्रीमा छन् । मुलुकभरि बर्फी, पेडा, लालमोहन, जेरी, दूधबरी, रसमलाई, लड्डु, रसबरी, गुलाब जामुन, क्रिम मिठाई, काजुको बर्फी आदि बढी बिक्रीमा हुन्छन् । गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, काजु कमल, खोया बदाम, राजभोग आदिको मागसमेत उच्च छ ।
चाडपर्वमा सामान्य दिनको तुलनामा मिठाईको माग चार गुणासम्म वृद्धि हुन्छ । भारतबाट आयातीत जेरी अर्थात् जलेबी, चकलेट बर्फी, पेडा, बेसनको लड्डु, मोतीचुरको लड्डु, सुजीको लड्डु, मुंगको लड्डु, नरिवलको लड्डु, मसला लड्डु, केसरी पेडा, रसवरी, रसगुल्ला, लालमोहन, गुलाब जामुन, क्रिम मिठार्इं, काजुको बर्फी, कलाकन्द, कालो जामुन, रवडी, दूधवरी, रस मलाई, गाजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, घेवर, काजु कमल, खोया बदाम, राजभोग, बालुसाही, चन्द्रकला आदि मिठाई तिहारदेखि छैठसम्म बढी बिक्री हुन्छन् । संगम स्विट्सकी बुनु शर्माका अनुुसार तिहारमा मिठाईको उपभोगसँगै उपहारका रूपमा प्रयोग हुने चलनसमेत बढ्दै गएको छ । हाल उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न स्वादका तथा सुगर फ्रि (चिनी नभएका) मिठाई समेत उपलब्ध हुन थालेका छन् । सुगरका बिरामीलाई लक्षित गर्दै चिनीबिनाका मिठाई पनि बन्न थालेकाले पनि मिठाईको व्यापार वृद्धिमा थप मद्दत मिलेको छ । अहिले आगन्तुक मिठार्इंहरू डेर्जटका रूपमा समेत खाने चलन भएकाले यी मिठाईको खपत
बढ्दो छ । सानातिना पसलमा गुणस्तरहीन तथा चिनीको मात्रा बढी भएका मिठाई पाइने भएकाले बरु एउटै मात्र खाऊँ, राम्रै मिठाई खाऊँ भन्ने सोचको विकास समेत भइरहेको छ । अहिले मिठाईमा केसर, बेसन तथा फ्लेबरमात्र पनि प्रयोग गरिन्छ । बढ्दो बजार एवं महंगीका कारण मिठाईको मूल्य बढेको पाइन्छ । नेपाल भित्रिएका केही भारतीय मिठाई :
गुजराँती मिठाई : कलाकन्द, मिल्क केक, मलाई पुरी, इमरती, कोकोनट बर्फी ।
मथुराको मिठार्इं : मथुरा पेडा, मथुरा मिल्क केक ।
बंगाली मिठाई : रसबरी, राजभोग, मलाई स्यान्डबीच सन्देश आदि ।
राजस्थानी मिठाई : बालुसाही, मुंग बर्फी, बेसन बर्फी, बेसनको लड्डु, बुनियाँको लड्डु, जेरी, लालमोहन, घेभर, सोहन हलुवा ।
आसाम : नरिवलको लड्डु ।