नेपाली वैज्ञानिक टिष्टा र विपिनलाई ट्वासको अवार्ड
जोशीलाई ‘समिरा ओमर इन्नोभेसन फर सस्टेनबिलिटि’ अवार्ड दिइएको हो । पुरस्कारको राशी ४ हजार अमेरिकी डलर रहेको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसिएन) को पूर्वी र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यमा नेपालकी वातावरण पत्रकार रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन् । उनी सन् २०२६ देखि २०२९ सम्मको कार्यकालका लागि यो पदमा चयन भएकी हुन् ।
निर्वाचन आइयुसिएन वर्ल्ड कन्जरभेसन कंग्रेस २०२५ अन्तर्गत ९ देखि १५ अक्टोबरसम्म अबुधाबीमा सम्पन्न भएको थियो । यस क्षेत्रीय प्रतिनिधित्वका लागि नेपालसहित भारत, चीन, पाकिस्तान, जापान, मलेसिया र इन्डोनेसियाका उम्मेदवारहरू प्रतिस्पर्धामा थिए ।
रोशनी अधिकारी पाठक विगत दुई दशकदेखि जैविक विविधता संरक्षण, जलवायु परिवर्तन र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय छन् । उनी नेपाल वातावरण पत्रकार समूह (नेवापस/नेफेज) की पूर्व अध्यक्ष तथा एसएमसिआरएफकी बोर्ड सदस्य पनि हुन् ।
यसैबीच, आइयुसिएन महासभाले आगामी चार वर्षका लागि नयाा नेतृत्व र क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको छ । महासभाले संघको २० वर्षे रणनीति र चार वर्षे कार्ययोजनाको कार्यान्वयनमा यो चरणलाई महत्वपूर्ण मानेको छ। संयुक्त अरब इमिरेट्सकी रजान खलिफा अल मुबारक पुनः अध्यक्षमा निर्वाचित भएकी छन् ।
आइयुसिएन वर्ल्ड कन्जरभेसन कंग्रेस चार वर्षमा एकपटक आयोजना गरिन्छ, जहाा सरकार, वैज्ञानिक, निजी क्षेत्र र आदिवासी समुदायका प्रतिनिधिहरू सहभागी हुन्छन् । यसपटक सम्मेलनले जलवायु अनुकूलन, जैविक विविधता संरक्षण र दिगो विकासका विषयमा विश्वव्यापी साझा योजना तय गरेको छ ।
नेपालका सन्दर्भमा आबुधाबीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘तराईदेखि हिमालसम्म फैलिएको नेपाल जैविक विविधताको दृष्टिले अत्यन्त समृद्ध राष्ट्र हो । एकसिङ्गे गैडा, बंगाल पाटे बाघ, रातो हाब्रे र हिउाचितुवा जस्ता दुर्लभ प्रजातिहरू नेपालका गौरव हुन् । तर, पछिल्ला विपद् र जलवायु संकटले नेपाललाई अझ संवेदनशील बनाएको छ ।’
दूतावासका अनुसार, अब नेपाल आइयुसिएनको नेतृत्वमा रही जलवायु प्रतिरोधी विकास, सामुदायिक लचिलोपन, वैज्ञानिक नवप्रवर्तन र परम्परागत ज्ञानको संयोजनमार्फत दिगो संरक्षणका पहलहरू अघि बढाउनेछ ।