कोको क्याफेको परिकार
माछालाई राम्रोसँग धुने । सुक्खा टाबलले पानी सबै सोस्ने गरी पुछ्ने । मैदा, कर्नफ्लोर, अन्डा, नुन, मरिच राखेर त्यसको ब्याटर बनाउने ।

पिज्जा बेसका लागि आवश्यक सामग्री :
इस्ट, नुन, ओलिभ आयल, मैदा तथा तातोपानी ।
विधि :
मैदालाई एउटा ठूलो भाँडामा राखेर इस्ट, नुन, ओलिभ आयल तथा तातोपानीका साथ मज्जाले मुछ्ने । तयारी पिठोलाई आधा घन्टासम्म छोपेर राख्ने । त्यसपछि आवश्यकताअनुसार कुनै साइजमा डोलाई बेल्ने ।
टपिङका लागि :
मोजोरेला चीज, टोम्याटो सस, भेजिटेबल पिज्जाका लागि ओनियन, क्याप्सिकन मसरुम आदि तथा मासुका लागि चिकेन, सलामी, ससेज आदि ।