Successfully Copied

मकैको हलुवा

आवश्यक सामग्री आधा किलो : पिसेको मकै, सवा कप घिउ, १ कप मलाइ, स्वादअनुसार चीनी, आधा कप मनख्खा, अलिकति अलैंची पाउडर । तयार पार्ने विधि

आवश्यक सामग्री 

आधा किलो : पिसेको मकै, सवा कप घिउ, १ कप मलाइ, स्वादअनुसार चीनी, आधा कप मनख्खा, अलिकति अलैंची पाउडर ।

तयार पार्ने विधि

कराइमा घिउ तताएर पिसेको मकै फ्राइ गर्ने  । रातो हुन्जेलसम्म चलाउने । यसमा मलाइ तथा चिनी फिटेर हाल्ने । अलैंची पाउलर छर्केर राम्रोसँग चलाउने । राम्रोसँग फ्राइ भएपछि घिउ मिश्रणबाट छुट्टिन थाल्छ । हलुवा तयार भएपछि माथिबाट मनख्खा हालेर सजाउने । 

पाउरोटीपकौडा 

आवश्यक सामग्री

पाउरोटी, बटर, हरियो खुर्सानी, ४ कप : बेसन , १ चम्चा : पिसेको ज्वानो, आधा चम्चा : सोडा तथा स्वादअनुसार नुन ।

बनाउने विधि

बेसनमा नुन, ज्वानो, सोडा र पानी मिलाएर घोल बनाउने । पाउरोटीमा बटर तथा अचार मिलाएर चार टुक्रामा काट्ने । प्रत्येक टुक्रालाई बेसनको घोलमा डुबाएर मध्यम आँचमा तार्ने । 

 Image