शीतल र स्वास्थ्यवर्धक पेय पदार्थ
एकाएक बढेको गर्मीसँगै मानिसमा विभिन्न समस्या थपिन थालेका छन् । यो मौसममा थप तरल पदार्थ र शीतलता दिने पेय पदार्थको बढी आवश्यकता पर्छ ।

अर्चना तामाङ लामा (सञ्चालक, क्याफे आमु, कृष्णगल्ली पाटन)
–खाना पकाउनु आफैंमा पृथक् कला हो ।
–खाना पकाउने व्यक्तिले खुसी भएर पकाएको खानामा प्रेम र सद्भाव मिसिएको हुन्छ ।
–खाना पकाउने बेला रिस वा तनाव छ भने त्यसको नकारात्मक प्रभाव खानामा पर्छ जसले स्वास्थ्यमा समेत असर पर्नसक्ने सम्भावना हुन्छ ।
–खुसीसाथ पकाइएको खानामा सकारात्मक तरङ्ग मिसिएको हुन्छ जसबाट खाना स्वादिष्ट हुनुका साथै स्वास्थ्यका हिसाबले पनि प्रभावकारी ठहरिन्छ ।
–खाना पकाउँदा आफूमा भएको कला जतिसक्दो प्रयोग गर्नुपर्छ जसले कुनै पनि परिकारलाई उत्कृष्ट बनाउन मद्दत गर्छ ।