स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।
अर्चना तामाङ लामा (सञ्चालक, क्याफे आमु, कृष्णगल्ली पाटन)
–खाना पकाउनु आफैंमा पृथक् कला हो ।
–खाना पकाउने व्यक्तिले खुसी भएर पकाएको खानामा प्रेम र सद्भाव मिसिएको हुन्छ ।
–खाना पकाउने बेला रिस वा तनाव छ भने त्यसको नकारात्मक प्रभाव खानामा पर्छ जसले स्वास्थ्यमा समेत असर पर्नसक्ने सम्भावना हुन्छ ।
–खुसीसाथ पकाइएको खानामा सकारात्मक तरङ्ग मिसिएको हुन्छ जसबाट खाना स्वादिष्ट हुनुका साथै स्वास्थ्यका हिसाबले पनि प्रभावकारी ठहरिन्छ ।
–खाना पकाउँदा आफूमा भएको कला जतिसक्दो प्रयोग गर्नुपर्छ जसले कुनै पनि परिकारलाई उत्कृष्ट बनाउन मद्दत गर्छ ।