पोषिलो खीर
जीवनको पहिलो खाना (अन्नप्राशन) का रूपमा बालबालिकालाई खीर खुवाउने चलन छ । चामल र दूधबाट बन्ने खीर शुद्ध, स्वस्थकर, पोषिलो र नरम परिकार भएकाले धेरैजनाको रोजाइमा पर्छ ।
सामग्री
गाजर (कोरेर मसिनो पारिएको): १ किलो
दूध : १ लिटर
सुकमेलको धूलो : १ चम्चा
चिनी : ३ सय ग्राम
बदाम : ५० ग्राम
घिउ : ५० ग्राम
खुवा : ५० ग्राम
विधि
एउटा भाँडोमा कोरेको गाजर र दूध हालेर तताउने । केहीबेर पकाई दूध सुकाउने । अर्काे भाँडोमा घिउ तताउने र बाँकी सबै सामग्री हालेर भुट्ने । पाकिसकेपछि सफा भाँडोमा जमाउने ।