Successfully Copied

भेजिटेबल पकौडा

सबै सब्जीलाई हल्का उसिनेर मसिनो पारेर काट्ने ।.................

सामग्री

बन्दा : १ सय ग्राम

आलु (उसिनेको): ५० ग्राम

प्याज (टुक्रा पारेर काटिएको): ५० ग्राम

गाजर : ५० ग्राम

सिमी : ५० ग्राम

धनियाँ: ५ ग्राम

ज्वानो : आधा चम्चा

बेसन : ५० ग्राम

जिराको धूलो : आधा चम्चा

नुन : स्वादअनुसार

तेल : फ्राई गर्न पुग्ने ।

विधि :

सबै सब्जीलाई हल्का उसिनेर मसिनो पारेर काट्ने । एउटा भाँडामा सबै सामग्री हालेर मुछ्ने । कराहीमा तेल तताएर हातले स–साना डल्ला बनाई तेलमा तार्ने । हल्का खैरो भएपछि बाहिर निकाली बिस्तारै थिच्ने र फेरि १ मिनेटजति तेलमा फ्राई गर्ने । यसमा अन्य तरकारी पनि मिसाउन सकिन्छ ।

 Image