आगन्तुक विशेष पिज्जा
यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ ।
सामग्री
उसिनेको अण्डा : २ वटा
मैदा : ३ चम्चा
बेसन : ३ चम्चा
काँचो अण्डा : एउटा
जिरा र खुर्सानीको धूलो : आधा चम्चा
अदुवा र लसुनको लेदो : १ चम्चा
धनियाँको पात (टुक्रा पारिएको) : १ चम्चा
नुन : स्वादअनुसार
पानी : १ गिलास
तेल : फ्राई गर्न पुग्ने
विधि
एउटा भाँडोमा उसिनेको अण्डा र तेलबाहेक अन्य सबै सामग्री हालेर मुछ्ने । त्यसपछि उसिनेको अण्डालाई दुई टुक्रा काटेर त्यही लेदोमा बिस्तारै डुवाउने । अण्डा नभाँचिने गरी लेदोलाई त्यसको वरिपरि दल्ने । तातेको तेलमा उक्त अण्डालाई विस्तारै राखेर फ्राई गर्ने । खैरो रंगको भएपछि बाहिर निकाल्ने । यसरी तयार भएको अण्डाको पकौडामा माथिबाट चाट मसला छर्केर खान सकिन्छ ।