हनी गार्लिक चिकेन
यो ‘चाइनिज ओरिएन्टल’ स्वादको प्रसिद्ध खाना हो । यो परिकारका लागि पनि हड्डी नभएको कुखुराको मासु चाहिन्छ । त्यसमा ‘कर्नफ्लोर’, मैदा, नुन, सेतो मरिचको धूलो मोल्ने र करिब ४५ मिनेट ४/५ डिग्रीमा छोपेर राख्नुपर्छ ।
यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ । यो पिज्जाको आकार, स्वाद, ‘टपिङ’ सबैमा मौलिकता हुन्छ । अन्य ठाउँमा पाइने पिज्जाभन्दा यो बिल्कुलै भिन्न छ । पकाउने विधि पनि अन्यत्रभन्दा फरक छ ।
- सुदर्शन प्रसाद खतिवडा
सेफ, आगन्तुक रिसोर्ट धुलिखेल