Successfully Copied

बुनियाँ

बेसनमा पानी मिसाएर बाक्लो घोल बनाई केही समय राख्ने ।

सामग्री  

चास्नी : ५ लिटर

घिउ : ३ लिटर

चनाको बेसन : २ केजी

अलैंचीको दाना : ५० ग्राम

बदाम : २ सय ग्राम

पेस्ता : ५० ग्राम 

विधि 

बेसनमा पानी मिसाएर बाक्लो घोल बनाई केही समय राख्ने । घिउलाई राम्रोसँग तताएर तयार राखिएको बेसनको बाक्लो घोललाई प्वाल परेको पन्यूबाट घिउमा खारी बुन्दी तयार गर्ने । उक्त बुन्दीलाई चास्नीमा डुबाउने । केही समयपछि चास्नीबाट निकालेर एउटा भाँडोमा राख्ने र बदाम, पिस्ता कटिङ गरी राम्रोसँग मिश्रण गर्ने ।

 Image