हट गार्लिक विंग्स
सामग्री : चिकेन विंग्स सात पिस, एक–एक चम्चा अदुवा र प्याजको पेस्ट, सेलरी सानो एक मुठा, एक चिया चम्चा हटसस, एक चिया चम्चा वेस्टर सस, एक चिया चम्चा ह्वाइट भिनेगर, एक चिम्टी ह्वाइट पिपर, एक चिया चम्चा तिलको तेल ।
सामग्री
सेटन, अदुवा–लसुन र खुर्सानीको पेस्ट, मिक्स मसला, टिमुरको धूलो, स्वादअनुसार नुन, पोलेको टमाटर, हरियो लसुनका पात, धनियाँ पात, भुटेको तोरीको तेल, मेथी र बेसार ।
विधि
सेटनलाई टुक्रा पारेर फ्राई गर्ने । अदुवा–लसुन र खुर्सानीको पेस्ट, मिक्स मसला, टिमुरको धूलो, स्वादअनुसार नुन र पोलेको टमाटरलाई मिसाएर थिक ग्रेभी बनाउने । त्यसैमा अघि फ्राई गरेर सेलाएको सेटनहालेर मोल्ने । माथिबाट टुक्रा पारिएको हरियो लसुनका पात, धनियाँ, छर्केर भुटेको तोरीको तेलमा फुराएको मेथी र बेसार राखी राम्ररी मोल्ने । अत्यन्तै स्वादिष्ट यो भिगन छोयलाले मासुको स्वादलाई बिर्साइदिन्छ । स्न्याक्सका रूपमा खान सकिने यो परिकार चिउरा तथा खानासँगै खाँदा पनि उत्तिकै मीठो हुन्छ ।
सेफहरू: निरोज नेपाल र दिनेश खड्का