मौलिक स्वाद
तपाईं किराँती समुदायको घर पुग्नुभयो भने त्यहाँ ‘वाचिपा’ को नयाँ स्वाद पाउनुहुन्छ । उच्च हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदायमा आगन्तुक बनेर जानुभयो भने ‘थेन्दुक’ को स्वाद चाख्न पाउनुहुन्छ ।
सामग्री
पोर्क किमा : आधा केजी
अण्डा : एक वटा
ब्रेडकम : एक सय ग्राम
तेल : आधा लिटर
नुन, मरिचको धूलो, गरम मसला : स्वादअनुसार
प्याज, टमाटर, क्याप्सिकन : ३ सय ग्राम
सोया सस : आधा कप
विधि
किमामा मसला हालेर आफूलाई चाहिने साइजअनुसार डल्लो बनाई बाहिरबाट ब्रेडकम लगाउने । एउटा प्यानमा तेल तताएर किमाको डल्लोलाई डिप फ्राई गर्ने । डिप फ्राई गरेपछि तेल निकालेर थोरै तेलमा प्याज, क्याप्सिकनलाई हल्का सोथे गरेर मिटबल तथा सस हाल्ने । तयार हुन थालेपछि टमाटर हालेर एकछिन पकाउने । पोर्क मिटबल तयार हुन्छ ।
नोयोज् इटरी खाजा घर