Successfully Copied

स्वादिलो कोरियन परिकार

विधि : सुंगुरको मासुलाई तेलमा पकाउने । त्यसमा लसुनको पेस्ट हाल्ने । हल्का ब्राउन हुन्जेलसम्म फ्राई गर्ने ।

गोविन्द खत्री

सेफ, डोको साराङ रेस्टुरेन्ट झम्सीखेल

किम्बाप

सामग्री : किम्बाप रोलर म्याटका लागि भात–२०० ग्राम, मुलाको अचार–३० ग्राम, टुना–१०० ग्राम, पोर्क (सुंगुरको मासु)–३० ग्राम, काँक्रो–३० ग्राम, गाजर–३० ग्राम, मेरिनेट गरेको पालुङ्गो–१ चम्चा, तिलको तेल–१ चम्चा, भुटेको तिल, मरिच र स्वादअनुसार नुन तथा सजावटका लागि सोयासस ।

विधि : भातमा तिलको तेल मिक्स गर्ने । एक चिम्टी नुन र मरिचको धूलो राखेर उमाल्ने । किम्बाक रोलर म्याटमाथि सिविड्ड राख्ने । अनि भातलाई त्यसमाथि फैलाएर राख्ने । त्यसमा गाजर, मुलाको अचार र आफ्नो स्वादअनुसारको मासु वा भेज राख्ने । सबै राखेपछि म्याटलाई रोल गरेर किम्बापको आकार दिने । त्यसपछि गोलो आकारमा काट्ने । तयार भएको किम्बापलाई सोयाससमा चोप्दै खान सकिन्छ ।

बेरिज एन्ड कोका स्मुथी बाउल

    

सामग्री : केरा–एउटा, ठूलो बदाम, किसमिस, ब्लाक बेरी, स्ट्रबेरी, कोका पाउडर, एक कप दूध ।

विधि : सबै सामग्री मिक्स गरेर ब्लेन्डरमा ब्लेन्ड गर्ने र माथिबाट सजाउने ।

किम्ची जिगे

सामग्री : सुंगुरको मासु–१०० ग्राम, किम्ची–१०० ग्राम, टोफु–३० ग्राम, मसरुम–२० ग्राम, लसुनको पेस्ट–१ चम्चा, कोरियन चिल्ली पेस्ट–गोचुजङ–१ चम्चा ।

विधि : सुंगुरको मासुलाई तेलमा पकाउने । त्यसमा लसुनको पेस्ट हाल्ने । हल्का ब्राउन हुन्जेलसम्म फ्राई गर्ने । त्यसमा गोचुजङ हाल्ने । त्यसलाई ३० सेकेन्ड फ्राई गर्ने । त्यसमा १ कप पानी राखी तोफु र मसरुम हालेर ५ देखि ८ मिनेटसम्म उमाल्ने ।

 Image