सामग्री
बटर : १ सय ग्राम
आइसिङ : सुगर १ सय ग्राम
अण्डा : २ वटा
मैदा : १ सय ग्राम
वेकिङ पाउडर : आधा चम्चा
टुटीफ्रुटी : १० ग्राम
नुन : एक चिम्टी
भेनिला एसेन्स : ५ मिलिलिटर
विधि
बटर र आइसिङ सुगर मिसाएर घोल्ने वा मिक्स्चरमा चलाएर क्रिमी बनाउने । अण्डालाई एकपछि अर्काे हाल्दै चलाउने र बाँकी सबै सामग्री राख्ने । मफिन भोल्डमा खन्याउने त्यसपछि २ सय डिग्रीको तापक्रममा १५ मिनेटसम्म बेक गर्ने ।