Successfully Copied

परिकार

ब्रेडवाडा : सामग्री ः ब्रेड (पाउरोटी) चार पिस दही दुई लिटर प्याज दुईवटा हरियो खुर्सानी दुईवटा बिरेनुन एकचिम्टी खुर्सानीको धूलो आधा सानो चम्चा धनियाँको धूलो एक चम्चा टोम्याटो सस आधा चम्चा हरियो धनियाँका पात एक चम्चा भुजिया एक चम्चा


सविता श्रेष्ठ ‘बेहोसी’ (साहित्यकार तथा समाजसेवी)

ब्रेडवाडा
सामग्री ः
ब्रेड (पाउरोटी) चार पिस
दही दुई लिटर
प्याज दुईवटा
हरियो खुर्सानी दुईवटा
बिरेनुन एकचिम्टी
खुर्सानीको धूलो आधा सानो चम्चा
धनियाँको धूलो एक चम्चा
टोम्याटो सस आधा चम्चा
हरियो धनियाँका पात एक चम्चा
भुजिया एक चम्चा
विधि ः
छेउको भाग काटिएको चार वटा ब्रेडलाई ९–१० वटा स–साना पिस बनाएर प्लेटमा राख्ने । दहीलाई बाउलमा राखी एकचिम्टी नुन राखेर हल्का घोल्ने । घोलेको दहीलाई प्लेटमा राखेको ब्रेडको पिसमाथि ब्रेड डुब्ने गरी खन्याउने । त्यसमाथि खुर्सानीको धूलो स्वादअनुसार छर्किने । त्यसैगरी स्वादअनुसार बिरेनुन रधनियाँको धूलोपनि माथिबाट छर्किने । त्यसमाथि चपिङ गरिएको प्याज, हरियो खुर्सानी र हरियो धनियाँ राखिसकेपछि सबैभन्दा माथि अलिअलि भुजिया राखिदिने । मन परेको खण्डमा यसमाथि टोम्याटो सस राखेर पनि खान सकिन्छ । यत्तिकै खाँदा पनि यो परिकार स्वस्थ र स्वादिष्ट छ । तयार भएको ब्रेड दहीवाडा लन्च वा डिनरपछिको डेजर्टका लागि उपयुक्त हुन्छ । यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै पोषण पनि दिन्छ ।


चिकेन कटलेट

सामग्रीः
चिकेन तीन सय ग्राम
एउटा प्याज
आलु दुईवटा
मैदा ५० ग्राम
कर्नफ्लोर सय ग्राम
ब्रेडक्रम्स सय ग्राम
बेसार एक चिम्टी
खुर्सानीको धूलो आधा सानो चम्चा
धनियाँको धूलो एक चम्चा
गरम मसला एक चम्चा
हरियो धनियाँका पात एक चम्चा
लसुनको पेस्ट एक चम्चा
विधि ः
चिकेनलाई सफा पानीमा धुने । ग्रान्डरमा पिस्ने । त्यसपछि मसिनो किमा बनाएर राख्ने । मध्यम आकारका दुईवटा आलु उसिनेर बोक्रा हटाई मसिनो पारेर काट्ने र प्याजलाई पनि यसैगरी मसिनो आकारमा काट्ने । यी तीनै चीजलाई एउटा ठूलो कचौरामा राखेर घोल्ने । त्यसमा मसिनो चपिङ गरेको हरियो खुर्सानी, कर्नफ्लोर, स्वादअनुसार नुन, बेसार, खुर्सानीको धूलो, लसुनको पेस्ट, गरम मसला र त्यसमा अलिकति घिउ मिसाएर मोल्ने ।
अर्को कचौरामा मैदा, एकचिम्टी नुन र थोरै पानी मिसाएर घोल बनाउने । फिँजारिएको प्लेटमा ब्रेडक्रम्स राख्ने । सबैथोक मिसाएर मुछी तयार पारेको चिकेनलाई इच्छानुसार सेप बनाई अघि तयार पारेर राखेको मैदाको घोलमा डुबाई ब्रेडक्रम्समा लटपट्याएर तेलमा तार्ने । ब्राउन कलर भएपछि तेलबाट छाल्नीले निकालेर सर्भिङ प्लेटमा टोम्याटो सस र ग्रिन सलादका साथ सर्भ गर्ने । गार्नेसिङका लागि ग्रिन सलादसँगै साइडमा ग्रिन लिफ राख्न सकिन्छ । खाजा वा स्न्याक्सका रूपमा परिवार र पाहुनालाई सर्भ गर्न सकिने यो परिकार निकै स्वादिष्ट हुन्छ ।

 Image