Successfully Copied

‘नेपालमा पूर्णकालीन अनुसन्धान अभाव’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा सेवारत छँदै अध्यापन कार्य गरेकी हुन् । हाल ‘नास्ट’ की वरिष्ठ वैज्ञानिक टिस्टा पानी र यसको शुद्धताबारे दशकयता क्रियाशील छिन् ।


टिस्टा प्रसाईं जोशी, वरिष्ठ वैज्ञानिक, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)

काठमाडौं डिल्लीबजारकी टिस्टा प्रसाईं जोशीले राजधानीबाटै आफ्नो शिक्षादीक्षा पूरा गरिन् । आमा बैंककी प्रबन्धक तथा बुवा राष्ट्रिय पञ्चायत सदस्य भएकाले उनले घरमा पढ्ने राम्रो वातावरण पाइन् । काठमाडौंको एउटा निजी विद्यालयबाट एसएलसी र पद्मकन्याबाट विज्ञानमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण उनी त्रिचन्द्र कलेजबाट स्नातक तह (विज्ञान) र त्रिभुवन विश्वविद्यालयबाट वातावरणीय माइक्रोबायोलोजीमा स्नातकोत्तर पूरा गरिन् । उनले पछि मानवशास्त्र र समाजशास्त्रमा पनि स्नातकोत्तर गरिन् । टिस्टाका अनुसार सानैदेखि ‘डबल मास्टर्स’ गर्ने रहर र थप जानकारी तथा सामाजिक धारणा बुझ्न यी विषयहरू पढेकी हुन् । उनले नौ वर्षजति पद्मकन्या र त्रिचन्द्र कलेजमा अध्यापन पनि गरिन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा सेवारत छँदै अध्यापन कार्य गरेकी हुन् । हाल ‘नास्ट’ की वरिष्ठ वैज्ञानिक उनी पानी र यसको शुद्धताबारे दशकयता क्रियाशील छिन् । उनले प्रस्ताव गरेका विषयमा युनेस्कोअन्तर्गतको संस्था ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वल्र्ड (ओडब्लूएसडी)’ ले अनुसन्धानका लागि उनलाई ५० हजार डलरको अनुसन्धानवृत्ति प्रदान ग¥यो । उनीससँग वैज्ञानिक बन्नका लागि गरेको संघर्ष यात्राबारे गरिएको कुराकानीको सम्पादित अंश -

प्रस्तुति -उपासना घिमिरे

वैज्ञानिक बन्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?

मानिसका लागि परिवारको सेपिङ ठूलो र महत्वपूर्ण विषय हुँदो रहेछ । घरमा आमाबुवाले पढेलेखेको देख्थें । उहाँहरूको परिश्रम गर्ने र पढ्ने वातावरणमा हुर्किएकीले ममा पनि कडा परिश्रम गर्ने बानी प¥यो । स्कुल पढ्दाताका सामान्य विद्यार्थी भएपनि पछि कडा परिश्रम गरेर पढेकीले वैज्ञानिक बन्न सफल भएँ ।

पढाउन सजिलो कि वैज्ञानिकका रूपमा काम गर्न ?

पढाउन रमाइलो त लाग्थ्यो । अध्ययनका रूपमा काम गरेका विषय पढाउँदा विद्यार्थी पनि रमाउँथे, खुसी हुन्थे । यो काम रिसर्चका लागि राम्रो हो । यसमा अपडेट हुनुका साथै आफूले पढेका विषयवस्तु विद्यार्थीलाई प्रयोगशालामा सिकाउन पाउँदा खुसी लाग्थ्यो । कतिपयले पद्मकन्यामा पढाउन जाँदा विद्यार्थी भन्ठान्थे । क्याम्पसको पहिरन नलगाएको भनेर कतिपय अवस्थामा गार्डले छिर्न दिँदैनथे । रुचि नास्टमै गर्ने भएकाले पछि पढाउनमा समय दिन सकिन । रिसर्च गरिरहन मन लाग्ने भएकाले यसैमा लागिपरें ।

महिलालाई अघि बढ्न कत्तिको सहज छ ?

अघि बढ्न महिला–पुरुष भन्ने नभै चुनौती सबैलाई हुन्छ । समय मिलाउने र परिश्रम गर्ने आफैंले हो । कतिपय कुरा पुरुषले निर्धारण गर्ने भएकाले ‘टप पोस्ट’मा पुग्न भने महिला भएकै कारण गाह्रो छ ।

महिला वैज्ञानिक हुन कत्तिको सहज छ ?

धेरै गाह्रो छ । गाह्रो छ भनेर आफू जहाँ छ त्यहीँ हुनुभएन । एउटी महिलालाई दोहोरो जिम्मेवारी हुन्छ । परिवारमा ‘गुड हार्मोनी’ बनाएर अघि बढ्नुपर्छ । 


तपाईंको कार्यक्षेत्रमा के–के पर्छन् ?

हरेक साता पानीको शुद्धता जाँच गर्नु र शुद्धीकरण गरेको पानी पिउन योग्य छ÷छैन भनेर हेर्नुपर्छ । यसैगरी, काठमाडौं तथा देशका विभिन्न ठाउ“मा स्थलगत रूपमा नमुना ल्याएर टेस्टिङ गर्ने र पानीको गुणस्तर हेर्छु । गाउँगाउँमा (दुर्गममा) पानीसम्बन्धी जनचेतना कार्यक्रम गर्छौं । आफूले गरेका कामलाई ल्यान्डमा पु¥याउने, लकडाउनका बेला ‘भेहिकल फ्रि इन्भारमेन्ट’ मा कस्तो छ भनेर अध्ययन गर्छु ।

हामीकहाँ वैज्ञानिकलाई काम गर्न कत्तिको सहज छ ?

यहाँ पूर्णकालीन अनुसन्धानको अभाव छ । जनशक्तिको पनि कमी छ । काम गर्नका लागिपर्याप्त उपकरण छैनन् । यति हुँदाहुँदै पनि हामी काम गरिरहेका छौं ।


हामीले पिउने पानी कत्तिको शुद्ध छ ?

अनुसन्धानका क्रममा धारामा आइरहेको पानीमा पनि ब्याक्टेरिया पाइएको छ । इनारको पानीमा आइरन बढी देखिएको छ । आवश्यकभन्दा बढी आइरन हुनु राम्रो होइन । पानी शुद्ध पार्न फिटकिरी, क्लोरिन राख्ने गर्छन् । यी रसायनहरू मात्रा मिलाएर राख्नुपर्छ । उमालेर फिल्टर गरेको पानी पिउनु उपयुक्त हुन्छ । कतिपयले पानी शुद्ध पार्न उपकरण राखेका हुन्छन् । यी उपकरण पनि बेला–बेलामा सफा गर्नुपर्छ । आर्सेनिकयुक्त पानीलाई ‘स्लो पोइजन’ का रूपमा लिइन्छ । यसले पछि गएर असर गर्छ । आम मानिसको धारणा राजधानीको पानी दूषित हुन्छ भन्ने छ । उपत्यकाबाहिरका पानीमा पनि जीवाणु प्रशस्त मात्रामा देखिएका छन् ।

सफलता कसरी हात पार्न सकिन्छ ?

सफलताका लागि कडा परिश्रमका साथै परस्पर सहयोगी भावना हुनुपर्छ । कसैको खुट्टा होइन, हात तान्नुपर्छ । अर्को कुरा समय सीमित छ त्यसलाई उपयोग गर्नुपर्छ । मपाईंत्वको भावना नराखी परिवारको जिम्मेवारी पूरा गर्नुपर्छ ।

भावी योजना ?

एकेडेमीमा काम गरिरहेकी छु, यसलाई बिस्तार गर्दै जाने योजना छ । युवा वैज्ञानिक धेरै अँइरहेका छन्, उनीहरूलाई यहीँ काम गर्ने वातावरण सिर्जना गर्ने इच्छा छ । आफ्नो देशमा काम गरेर समाधान निकाल्ने र रिसर्च इन्स्टिच्युट समृद्ध बनाउन लागिपर्नेछु ।

 Image