Successfully Copied

समयको पालना

हामी बिहान ५ बजे भनेको ५ बजे नै हो भन्ने मानसिकता तयार गर्न अभ्यस्त छैनौं । ५ बजे भनेको ५ बज्न १५ मिनेटदेखि लिएर ५ बजेर १५ मिनेटसम्मलाई हामी ५ बजे नै मान्छौं तर ५ बज्न १५ मिनेट र ५ बजेर १५ मिनेटभित्र

 

समय यति महत्वपूर्ण कुरा हो जसले कसैलाई पर्खदैन । यो सिंगो पृथ्वीका मानिसहरू समय नहेरी चल्न सक्दैनन् बिहान उठेदेखि राति सुत्ने बेलासम्म हाम्रो सबै काम समयअनुसार नै चल्छ । बिहान ५ बजे उठ्छु भनेर लगाएको अर्लाम हामी एकछिन बन्द गर्दै–सुत्दै फेरि बन्द गर्दै–सुत्दै गर्छौं तर हामी सुतिरहन्छौँ । समय भने अघि बढिरहन्छ ।

हामी बिहान ५ बजे भनेको ५ बजे नै हो भन्ने मानसिकता तयार गर्न अभ्यस्त छैनौं । ५ बजे भनेको ५ बज्न १५ मिनेटदेखि लिएर ५ बजेर १५ मिनेटसम्मलाई हामी ५ बजे नै मान्छौं तर ५ बज्न १५ मिनेट र ५ बजेर १५ मिनेटभित्र आधा घन्टा हुन्छ जसमा धेरै कामकुरा सम्पन्न हुनसक्छ ।

 नानीहरूलाई १५ मिनेट ढिलो स्कुल पुर्‍याउँछु भन्यौं भने उनीहरूले स्कुलमा प्रवेश पाउँछन् ? अवश्य पाउँदैनन् । साना नानीहरू जब समयको पालना गर्छन् भने हामी किन सक्दैनौं ? सामान्यतया गाउँ वा सहरमा हुने कुनै पनि कार्यक्रम ११ बजे सुरु हुने भनेर तोकिएको छ भने ११ बजेर १५ मिनेटतिर घरबाट हिँड्नु उपयुक्त हुन्छ, १२ नबजी कार्यक्रम सुरु हुने होइन भनेर हामी ११ बजेर १५ मिनेट भएपछि बल्ल हिँड्ने सुर गर्छौँ  ।

वास्तवमै १२ नबजी कार्यक्रम सुरु पनि हुँदैन । १२ बज्दा सुरु भएको कार्यक्रम ४ बज्दासम्म सकिँदैन । यस्तो स्थितिमा व्यस्तताले छोप्दै लगेको समाजका हामीमध्ये आधा कार्यक्रमबाटै उठेर हिँड्नुपर्ने बाध्यता छ, अन्तिममा प्रमुख अतिथि बोल्दा हल खाली भैसकेको हुन्छ । निर्जीव घडी एक सेकेन्ड नरोकिई १ बज्दा १ बज्छ, २ बज्दा २ बज्छ भने हामी चेतना भएका मानिसको मानसिकतामा किन १ बज्दा १ र २ बज्दा २ नै बज्दैन ?

हामी गृहिणीहरूलाई समय व्यवस्थापन गर्न गार्‍हो हुन्छ । घरको सबै जिम्मेवारीदेखि अफिसको सम्म व्यवस्थापन गर्दा समयको ख्याल गरिएन भने हाम्रो जीवन व्यस्त होइन सधैं अस्त–व्यस्त अनि थकित हुन्छ र त्यसले मानसिक तनावसमेत सिर्जना गर्छ । बिहान उठेदेखि राति सुत्ने बेलासम्मको समय तालिका बनाएर चल्ने हो भने २४ घन्टामा हामी ८ घन्टा सुत्छौं बाँकी १६ घन्टा जस्तोसुकै काम पनि सजिलै सम्पन्न गर्न सकिन्छ ।

एउटा घर व्यवस्थित हुन मुख्य भूमिका गृहिणीकै हुन्छ । विशेषत: हामी गृहिणी नै बिहान उठेदेखि राति सुत्ने बेलासम्मको समय तालिका बनाएर चल्यौं भने हाम्रा नानीहरूले पनि त्यही सिक्छन् । घरका सबै समय तालिकामा चल्न थाल्ने हो भने घर चलाउन सहज हुन्छ ।

भनिन्छ–कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ । जब एउटी गृहिणीले आफ्नो समय तालिकाबाट आफ्नो घर राम्रो ढंगले संचालन गर्छिन् भने उनले समाज, संगठनसँगै सिंगो देशलाई समय तालिकाअनुरूप हिँडाउन सक्छिन् । हामी गृहिणीका लागि मात्र होइन यो सिंगो राष्ट्रकै हरेक नागरिकको हातको घडी नेपाल सरकारको समयअनुसार १ बज्दा १ नै बज्ने, २ बज्दा २ नै बज्ने हो भने वास्तवमै देश परिवर्तन हुन बेर लाग्दैन ।

समय व्यवस्थापनको नियम हामी नागरिकले मात्र होइन सरकारले पनि पालन गर्नुपर्छ । जस्तो असोज महिनादेखि समयलाई १ घन्टाअघि ल्याउनुपर्छ । फागुनदेखि भदौसम्म बिहान ६ बजे ठीक छ तर असोजमा बिहान ६ बज्दा अँध्यारै हुन्छ हरेक असोज र चैतमा समय १ घन्टाअघि–पछि बनाउनुपर्छ । यसले जाडो महिनामा काम गर्न सहज बनाउँछ ।

 Image