Successfully Copied

२०७९ साल माघ महिनाको राशिफल

मेष बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै निर्णायक तहमा बसेर काम गर्नुपर्ने जिम्मेवारी आउन सक्छ । रोकिएका सबै काम क्रमशः सफलतातिर उन्मुख हुँदै जानेछन् । चोटपटक लाग्ने सम्भावना भएकाले कुनै पनि काम गर्दा सतर्क रहनुपर्ने बेला छ ।

मेष

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै निर्णायक तहमा बसेर काम गर्नुपर्ने जिम्मेवारी आउन सक्छ । रोकिएका सबै काम क्रमशः सफलतातिर उन्मुख हुँदै जानेछन् । चोटपटक लाग्ने सम्भावना भएकाले कुनै पनि काम गर्दा सतर्क रहनुपर्ने बेला छ । साथीहरूसित रमाइलो भेटघाट गर्ने संयोग जुर्नसक्छ । व्यक्तिगत कार्यका लागि केही समय निस्कनेछ । स्वास्थ्य एवं खानपानमा पनि विशेष ख्याल गर्नुपर्नेछ । किनमेल गर्दा र कतै हिँडडुल गर्दा पनि आफ्नो मालसामानको ख्याल गर्नुपर्ने बेला छ । 

वृष

आफ्नो इच्छानुसारको काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । कसैकसैलाई यो महिनामा सन्तान लाभको योग परेको छ । कतैबाट कुनै कुराको लाभ हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रो आम्दानी हुनेछ । दाम्पत्य जीवनमा आपसी समझदारी कायम रहनेछ । कहिलेकाहीँ काम गर्दा आकस्मिक बाधा आइलागे पनि आफ्नै तरिकाले सल्टाउने प्रयास हुनेछ । आफ्नो चाहनानुसार समय बिताउन पाउँदा मनमा खुसी बढ्नेछ । 

मिथुन

पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै विशेष कार्यमा सहभागी हुने अवसर मिल्नेछ । कसैकसैको यो महिनामा नव गृहप्रवेश हुनेछ भने कसैलाई नवीन रोजगारी प्राप्त गर्ने मौका मिल्नेछ । धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ । कहिलेकाहीँ काम गर्दा कुनै कुराले मनमा दोधार हुनसक्छ । सकेसम्म धैर्य र शान्त भएर काम गर्ने प्रयास गर्नुपर्नेछ । कसैको कुरा र व्यवहार चित्त नबुझ्दा तत्काल प्रतिक्रिया नगरी राम्ररी सोचविचार गरेर बोल्नुपर्ने कुरामा मात्र जोड दिएमा सम्भावित विवाद टर्नसक्छ । 

कर्कट

कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कुनै विशेष काममा सफलता मिल्नेछ । आनो कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । कुनै प्रतिस्पर्धात्मक क्रियाकलापमा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित सफलता मिल्नेछ । पारिवारिक सुख एवं सहयोग मिल्नेछ । साथीहरूसित कतै घुम्न जाने कार्यक्रम बन्नसक्छ । मौसमी परिवर्तनले गर्दा स्वास्थ्य समस्या हुनसक्ने भएकाले खानपान र आराममा विशेष ख्याल गर्नुपर्नेछ । कहीँकतैबाट कुनै कुराको लाभ हुनेछ । हतारमा कुनै पनि काम नगर्नु नै राम्रो हुनेछ । 

सिंह

आफू अनुकूल महिना रहनेछ । काम गर्ने पराक्रम बढ्नेछ । मनमा भएको तनाव हट्दा शरीर पनि स्वस्थ रहनेछ । सोचेअनुरूप काममा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । छोराछोरीले तपाईंको भावनालाई बुझी काम गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । कुनै कारणवश रोकिएको कामले गति लिन थाल्नेछ । मनमा कुनै नयाँ काम गर्ने सोच आउनसक्छ । आफ्नो खानपान र आरामको पनि ख्याल गर्नुपर्नेछ । 

कन्या

प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्न सक्छन् । आनो गोपनीयताको ख्याल गर्दै काम गर्नुपर्ने बेला छ । काम गर्दा कसैबाट कुनै कुराको अपेक्षा नगर्नु नै लाभदायक हुनेछ । घरमा नयाँ सदस्यको आगमन हुनसक्छ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् । सम्भावित अपजशबाट बच्न आनो कार्यक्षेत्र र जिम्मेवारीको काममा राम्ररी खट्नुपर्ने बेला छ । आफूसित असम्बन्धित कुराहरूबाट टाढै रहनु राम्रो हुनेछ । 

तुला

कुनै कुराको जिम्मेवारी आइलाग्न सक्छ । कहिलेकाहीँ काम गर्दागर्दै आकस्मिक तनावको सामना गर्नुपर्ला । ज्ञान, बुद्धि र मीठो बोलीले सबै काम निर्धारित समयमा पूरा हुँदै जानेछन् । कुनै विशेष काम गर्दा भने सतर्क रहनुपर्ने बेला छ । रक्तचापको मात्रामा घटबढ हुनसक्ने भएकाले खानपान र आरामको पनि ख्याल गर्नुपर्नेछ । मनमा विभिन्न काम–कुरा गर्ने योजना बने पनि त्यसलाई निश्चित रूपमा आकार दिन भने केही समय लाग्नेछ । साथीहरूबाट अपेक्षित सहयोग र सद्भाव प्राप्त हुनेछ । प्राथमिकताका आधारमा कुनै पनि काम सफलता प्राप्त हुनेछ । 

वृश्चिक

योजनानुसार गरेको काममा सफलता मिल्दै जानेछ । मनमा भएको तनाव हट्न जाँदा शरीर पनि स्वस्थ रहनेछ । कुनै कामविशेषले कुनै नयाँ ठाउँमा भ्रमण गर्न जाने मौका मिल्नसक्छ । घरपरिवारमा भएको सुन्दर वातावरणले गर्दा मनमा सन्तोष प्राप्त हुनेछ । आफूले गरेको मेहनतले राम्रो रंग ल्याउनेछ । सबैले तपाईंको विचार र चाहनालाई बुझी काम गर्ने प्रयास गर्नेछन् । कतैबाट कुनै कुराको लाभ हुनेछ । कुनै कुराले मनमा खुसी मिल्नेछ । काम गर्ने पराक्रम बढ्नेछ । नयाँ एवं पुराना साथीहरूसित भेटघाट गर्ने मौका मिल्नेछ । 

धनु

पारिवारिक सुख–समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । पारिवारिक सदस्यहरूले तपाईंको इच्छा र भावना बुझेर काम गर्ने प्रयास गर्नेछन् । कसैकसैलाई कुनै कामविशेषले कतैको यात्रा गर्नुपर्ला । कसैको भने जागिरमा सरुवा वा बसाइ सराइ पनि हुनसक्छ । सकेसम्म सबै काम आफ्नै निगरानीमा गर्ने प्रयास हुनेछ । आर्थिक पक्ष सुदृढ भए पनि अनावश्यक खर्च हुने भएकाले जुनसुकै कुरामा लगानी वा किनमेल गर्दा सतर्क रहनुपर्ने बेला छ । कहिलेकाहीँ आकस्मिक तनाव उत्पन्न हुनसक्छ । 

मकर

शैक्षिक वा कार्यालयको कामले यात्रा हुनसक्छ । कुनै कामको जिम्मेवारीले गर्दा निकै व्यस्त भइनेछ । विभिन्न कामका साथसाथै आनो व्यक्तिगत कामका लागि पनि समय दिनुपर्दा काममा धपेडी हुनसक्छ । सकेसम्म कामको महत्व र प्राथमिकता हेरी कामलाई समय दिन सके मन तनावमुक्त रहनेछ । काम गर्दा कसैको भर नपर्नु नै राम्रो हुनेछ । पारिवारिक सदस्यले पनि तपाईंको कुरा बुझेर साथ दिने प्रयास गर्नेछन् । 

कुम्भ

समयलाई आफू अनुकूल बनाउने प्रयास हुनेछ । तपाईंको वाकपटुता र कार्यदक्षता देखेर रिस गर्ने व्यक्तिहरूले पनि प्रशंसा गर्न थाल्नेछन् । व्यक्तिगत, पारिवारिक, कार्यालय र सामाजिक कार्यलाई सहज तरिकाले मिलाएर लान सके मनमा सन्तोष मिल्नेछ । सन्तानबाट पनि तपाईंको कुरा र इच्छा बुझेर काम गर्ने प्रयास हुनेछ । दाम्पत्य जीवनमा अपेक्षित माया र राम्रो समझदारी कायम रहनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सुदृढ रहनेछन् ।

मीन

कुनै विशेष कार्यमा सफलता मिल्नेछ । यो महिना कसै–कसैको प्रेम सम्बन्धले विवाहको रूप लिनेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । परिवार एवं मित्रवर्गबाट तपाईंको चाहना र भावना बुझी काम गर्ने प्रयास हुनेछ । धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । आनो इच्छानुसार समय बिताउन पाइनेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले कुनै पनि सामान किन्नुपूर्व अत्यावश्यक कुराको विचार गर्नुपर्नेछ । 

 Image