Successfully Copied

बारिस्ता मोक्टेल

विधि : टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने ।

आइस मोक्का 

सामग्री :    

चकलेट सिरप–३० मिलिलिटर

आइस क्युब–६ देखि ८ पिस

चिसो दूध–१० मिलिलिटर 

विधि :

टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने । सबै सामग्री सेक भएपछि यो पिउनका लागि तयार हुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो पेय पदार्थ निकै लाभदायक छ । 

एस्प्रेसो अफोगातो 

सामग्री :

स्ट्रबेरी आइसक्रिम–१ स्कुप

भेनिला आइसक्रिम–१ स्कुप

सिंगल सट एस्प्रेसो 

स्प्रिंकल्स 

विधि :

सर्वप्रथम मार्टिनी ग्लासलाई राम्ररी सफा गर्ने । ग्लासलाई कफीले डेकोरेट गर्ने । त्यसपछि स्ट्रबेरी र भेनिला आइसक्रिमका दुई स्कुप्स ग्लासमा राख्ने । त्यसको माथि सिंगल सट एस्प्रेसो हाल्ने । यसको माथिबाट कोकोनट पाउडर, चकलेट सस वा स्प्रिंकल्सले गार्निस गर्न सकिन्छ । पर्वका गरिष्ठ खानापछि डेजर्टका रूपमा प्रयोग गर्न सकिने यो परिकार स्वस्थ र स्वादिष्ट छ । 

प्रमोद लामा 

बारिस्ता इन्स्टक्टर

 Image