‘कुमारी’ महिलाको अस्तित्व र समाजको दोहोरो चरित्रमाथि प्रश्न हो ।
महिलाको अस्तित्व, हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण र मनोविज्ञानलाई ‘कुमारी’ चलचित्रले बोल्छ । मूलत: यो एउटा महिला पात्रको यात्रालाई केन्द्रमा राखेर बनाइएको फिल्म हो ।
यो वर्षको ‘मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले हात पारेकी छन् । काठमाडौंमा आयोजित अठारौं संस्करणको उपाधिका लागि भएको प्रतियोगितामा उनी आफूलाई अब्बल साबित गर्दै ‘मिस टिन नेपाल’ ताज पहिरिन सफल भएकी हुन् । प्रतियोगितामा चितवनकी सुस्मिता अधिकारी ‘फस्ट रनर्स अप’ र भक्तपुरकी सुस्जिता पौडेल ‘सेकेन्ड रनर्स अप’ छनोट भए । काठमाडौं जेसिसको आयोजनामा संचालित प्रतियोगितामा परिका भण्डारी ‘पब्लिक च्वाइस’, ‘ट्यालेन्ट’, पूजा वली ‘वेस्ट स्किन’, विभूषा बस्नेत ‘इन्टिलेक्चुअल’, विसुका कोइराला ‘एथ्लिट’, सुम्निमा ‘पुरी वेस्ट वाक’, सुस्मिता अधिकारी ‘मिलनसार अवार्ड’ मा विजेता छनोट भए । प्रतियोगिता प्रिया रानी लामाको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।