Successfully Copied

मिस एन्ड मिसेस् डिसेबिलिटी क्विन नेपाल २०२६

कार्यक्रममा माननीय गंगा छन्त्याल, सांसद, आदिवासी महिला, अपाङ्गता भएकी व्यक्तित्व तथा उद्यमी, विशिष्ट अतिथिका रूपमा सहभागी थिइन् । त्यसैगरी लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५–एफका डिस्ट्रिक्ट गभर्नर लायन अजयप्रसाद खनाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।


ग्रिन आट्र्स मिडियाको आयोजना तथा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफको सहकार्यमा आयोजित मिस एन्ड मिसेस् डिसेबिलिटी क्विन नेपाल २०२६ हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा सम्पन्न भयो । प्रतियोगितामा विभिन्न क्षेत्र र पृष्ठभूमिका १५ जना प्रतियोगी सहभागी थिए । कार्यक्रमले सौन्दर्यलाई बाह्य स्वरूपमा मात्र सीमित नराखी क्षमता, प्रतिभा, आत्मविश्वास, व्यक्तित्व, सिर्जनशीलता र सामाजिक समावेशितालाई केन्द्रमा राखेको थियो ।
प्रतियोगितामा मिसेस् डिसेबिलिटी क्विन नेपाल २०२६ को उपाधि उमा भुजेलले जितिन् । उनले अनुशासितको उपाधि समेत हात पार्दै रु. १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । त्यसैगरी मिस डिसेबिलिटी क्विन नेपाल २०२६ को ताज तिला बस्यालले जितिन् । उनले प्रतिभाशालीको उपाधिसहित रु. १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।
निरुता मगर प्रथम उपविजेता घोषित हुनुका साथै फोटोजेनिकको उपाधि स्वरूप १० हजार रुपैयाँ हात पारिन् । खेन्दो तामाङ द्वितीय उपविजेता बनिन् भने उनले बब्ली व्यक्तित्वको उपाधिसहित ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगितामा परिचय, प्रतिभा प्रदर्शन तथा प्रश्नोत्तर चरण समावेश थिए । प्रतिभा प्रदर्शनमा प्रतियोगीहरूले नृत्य, गायन तथा कविता वाचनमार्फत आफ्नो सिर्जनशीलता, आत्मविश्वास र व्यक्तिगत क्षमता प्रस्तुत गरेका थिए । प्रश्नोत्तर चरणले उनीहरूको विचार अभिव्यक्ति, समसामयिक बुझाइ, आत्मविश्वास र सञ्चार क्षमताको समेत परीक्षण गरेको थियो ।
कार्यक्रमको निर्देशन, कोरियोग्राफी तथा मेन्टरिङ अनिला श्रेष्ठले गरेकी थिइन् । उनको नेतृत्वमा प्रतियोगीहरूले मञ्चीय प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व तथा कार्यक्रमअनुकूल प्रस्तुतिकरणमा प्रशिक्षण प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा रोहिया महर्जन, नृत्य कोरियोग्राफर तथा नेपा डान्स एकेडेमीकी संस्थापक दिवस योञ्जन, एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सका साझेदारी तथा विकास प्रमुख एवं आतिथ्य परामर्शदाता आकाश मगर, अभिनेता तथा सानी सुब्बा शेर्पा, आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी निर्देशक तथा शेर्पा ग्रुपकी निर्देशक रहेका थिए । विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिताले प्रतियोगिताको मूल्यांकनलाई बहुआयामिक र व्यावसायिक बनाएको थियो ।
कार्यक्रममा माननीय गंगा छन्त्याल, सांसद, आदिवासी महिला, अपाङ्गता भएकी व्यक्तित्व तथा उद्यमी, विशिष्ट अतिथिका रूपमा सहभागी थिइन् । त्यसैगरी लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५–एफका डिस्ट्रिक्ट गभर्नर लायन अजयप्रसाद खनाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमको सञ्चालन फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजन शाक्यले गरेका थिए । 

 Image