Successfully Copied

मोडल हन्ट नेपाल सिजन १० : रनवेमा नयाँ पुस्ताको आगमन

काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा फेसन, आत्मविश्वास र युवापुस्ताको महत्वाकांक्षाले भरिएको भव्य वातावरणबीच नथिङ स्मार्टफोन प्रस्तुत मोडल हन्ट नेपाल सिजन १० को ग्रान्ड फिनाले सम्पन्न भयो ।


काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा फेसन, आत्मविश्वास र युवापुस्ताको महत्वाकांक्षाले भरिएको भव्य वातावरणबीच नथिङ स्मार्टफोन प्रस्तुत मोडल हन्ट नेपाल सिजन १० को ग्रान्ड फिनाले सम्पन्न भयो ।
प्रतियोगिताको निर्णायक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै परन्ताप भण्डारी र लिजा श्रेष्ठले मोडल हन्ट नेपाल सिजन १० को विजेता उपाधि हात पारे । निरन्तरको तयारी, अनुशासन, आत्मविश्वास, प्रस्तुति क्षमता र रनवेमा प्रभावशाली उपस्थितिका आधारमा उनीहरू विजेता बने । अनुस्कृत न्यौपाने र प्रियंकाकुमारी ओली प्रथम उपविजेता तथा सुशान्त प्रजापति र खुसी बोहरा द्वितीय उपविजेता बने ।
परन्ताप भण्डारी र लिजा श्रेष्ठले चीनमा आयोजना हुने ‘मिस्टर एन्ड मिस सेलिब्रिटी इन्टरनेसनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यससँगै उनीहरूको मोडलिङ यात्रा अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढेको छ, जहाँ उनीहरूले नेपाली फेसन तथा मोडलिङ प्रतिभालाई विश्वस्तरमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । 


प्रतियोगितामा सुशील थापा मगर र काया थापाले सर्वाधिक स्टाइलिस, अनुष सक्सेना र उगेष्णा तिमिल्सिनाले उत्कृष्ट व्यक्तित्व तथा परन्ताप भण्डारी र अस्निका ठकुरीले उत्कृष्ट वाकको उपाधि प्राप्त गरे । दर्शकमाझ लोकप्रियता र प्रभावका आधारमा सुशान्त प्रजापति र प्रियंका ओली दर्शक रोजाइमा परे । त्यसैगरी, सुशान्त प्रजापति र कृषाला संगतलाई सर्वाधिक फोटोजेनिकको उपाधि प्रदान गरियो । परन्ताप भण्डारीले उत्कृष्ट फिजिक तथा सिमरन कार्कीले उत्कृष्ट फिगरको उपाधि हासिल गरे । व्यावसायिक मोडलिङ क्षमतातर्फ अनुस्कृत न्यौपाने र लिजा श्रेष्ठले व्यावसायिक मोडलको उपाधि प्राप्त गरे भने मनीष ओली र काया थापा सर्वाधिक लोकप्रिय घोषित भए । 


रवि धमला र यतना पाण्डेको नेतृत्वमा रहेको नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित प्रतियोगितामा सबिता कार्कीले कोरियोग्राफी गरेकी थिइन् भने अजय गुरुङले मेन्टरका रूपमा सहभागी मोडलहरूलाई मार्गदर्शन गरेका थिए । 

सहभागी मोडलहरूले नेपालका विभिन्न चर्चित फेसन ब्रान्ड तथा डिजाइनरहरूका विशेष सिर्जना प्रस्तुत गरेका थिए ।

तस्बिरहरु: महेशमान प्रधान 

 Image