मिस ग्लोब २०२४’ को उत्कृष्ट १५ मा मोनिका
रनवे मोडलको परिचय बनाउन सफल मोनिका अधिकारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिायोगिता ‘मिस ग्लोब–२०२४’ मा उत्कृष्ट १५ औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित भएकी छिन् ।

बैतडीमा जन्मिएका दिव्यदेव पन्तले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र पत्रकारितामा स्नातक गरेका छन् । करिब ३० वटा नाटक, ८ वटा ठूलोपर्दाका चलचित्र र करिब दुई हजार भोइस–ओभर गरिसकेका दिव्यदेव पोयट आइडल र हाल प्रसारण भइरहेको सिजन–दुईका प्रस्तोता हुन् ।
रियालिटी–शो होस्टिङमा कत्तिको इन्जोय गरिरहनुभएको छ ?
इन्जोय गरिरहेको छु । पहिलो सिजन अलि डराएरै गरें, त्यति ढुक्क थिइन तर सिजन दुईमा राम्रै गरें । साहित्यमा रुचि भएकाले मलाई क्रमशः रमाइलो हु“दै गयो । अहिले त एकदमै सहज छ, खुसी छु ।
रुदाने जस्तो दमदार चलचित्र खेलिसकेको नायक, कसरी टिभी कार्यक्रम संचालन गर्न आउनुभयो ?
म नायकभन्दा पनि आफूलाई कलाकार नै भन्न रुचाउँछु । मेरो विधा भन्दा धेरै परको विधा पनि होइन कार्यक्रम संचालन । चलचित्रमा भित्रैदेखि महसुस गरेर अभिनय गर्ने हो यसमा पनि उस्तै अनुभूति हो । साधारणतया टिभीमा काम गर्दा हरेकको घरमा पुगिन्छ । मेरो इच्छा हरेक दर्शकसँग कनेक्टेड हुनु हो । साहित्य मन परेको विधा भएकाले राम्रै निर्णय गरेजस्तो लाग्छ ।
नेपाली मनोरञ्जन क्षेत्रको स्तर कहाँनेर पाउनुहुन्छ ?
सुधार्नुपर्ने कुरा जहिले र जता पनि रहन्छ तर हामी प्रगतिशील यात्रामा छौं । प्रगतितर्फ उन्मुख छौं ।
यसको विकास, गुणस्तरीयता र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन के आवश्यक ठान्नुहुन्छ ?
कहिलेकाहीँ हामीले रिस्क लिन पनि डराउनु हुँदैन, विकास र गुणस्तरको सवालमा । लगानी गर्ने कुरामा पनि खुला सोच राख्नुपर्छ जस्तो लाग्छ । यसको दायरा फराकिलो बनाउनुपर्छ । आम दर्शकको रुचिलाई समेटेर कथावस्तु सिर्जना हुनुप¥यो । साहित्यमाथि बनेका मुभी अझ गहन हुन्छन् । साहित्यकार तथा राम्रा लेखकहरूलाई चलचित्र लेखनतर्फ पनि उत्प्रेरित गर्नुप¥यो ।
मनोरञ्जन क्षेत्रबाहेक अन्य केमा व्यस्त हुनुहुन्छ ?
म फुल–टाइम कलाकार हुँ । विज्ञापनमा भोइस–ओभर र रंगमञ्चमा अभिनय गरिरहेको छु ।
तपाईंलाई अभिनय गर्न मन लागेको कथा र पात्र ?
मलाई अझैं बायोपिकमा काम गर्ने मन छ । बी.पी., पृथ्वीनारायण शाह, डोरबहादुर विष्टलगायतका अन्य ऐतिहासिक पात्रमाथि अभिनय गर्ने मन छ ।
जीवनमा प्रभाव छाड्न सफल महिला कोही छन् कि ?
मेरी आमा । उहाँबाहेक ‘वान वल्र्ड’ थियटरका संस्थापक तथा निर्देशक डा.डेब्रा मरोला ।