रनवेमा पश्मिना शोको आकर्षण
युरोपेली संघ–नेपाल व्यापार तथा लगानी कार्यक्रमको समापन समारोहमा ‘पश्मिना फेसन शोकेस’ सम्पन्न भयो । 
                             
                             
               
              
‘एस अफ एसईई– द बिगिनिङ’ को बिजेता बनिन् आरोही अधिकारी बनेकी छन्  । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै इभेन्ट म्यानेज्मेन्ट संस्था क्याप्चरले ‘एस अफ एसईई– द बिगिनिङ’ शीर्षकको मोडलिङ प्रतियोगिता आयोजनामा अधिकारीले उपाधि जितेकी हुन् । 
प्रतियोगिताका विजेताले उपाधिसंगै ५० हजार रुपैयाँ नगद प्राप्त गरेकी छन् । यसका साथै उनले हिमालय प्लस टु लेभलका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन् । यसका साथै फ्रि मेकअप तालिम, फेमिली फोटो सुट जस्ता स्किमहरु प्राप्त गरेकी छन् । 
बुधवार जमलस्थित राष्ट्रि नाँचघरमा भएको प्रतियोगितामा दिलिशा अधिकारी र रचित श्रेष्ठ फस्ट रनरअप भए भने आर्जु कार्की र अमुल्य भण्डारी सेकेण्ड रनरअप भए । 
प्रतियोगितामा फेशन डिजाइनर सोनाम लिम्बु , मिस नेपाल २००० उषा खड्गी, मिस्टर नेपाल २०२३ कृषल श्रेष्ठ, ब्युटिसियन रुस्का श्रेष्ठ , हिमालयन कलेजका प्रमुख निर्देशक नरेन्द्र अधिकारी र मिस इको इन्टरनेशनल २०२३ रक्षा उप्रेती निर्णायक मण्डलमा थिए ।