डेस्टिनेसन ब्राजिल
फिफा विश्वकप २०१४ को तिथि नजिकिँदै जाँदा विश्वको ध्यान ब्राजिलतर्फ केन्दि्रत भएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुक ब्राजिलले

आन्तरिक पर्यटकलाई लक्षित गरी पोखरास्थित फेवातालको किनारमा महिला उद्यमी इन्दिरा तिमल्सिनाद्वारा ‘साकुरा’ होटल सञ्चालनमा छ । होटलमा आन्तरिक पर्यटकको चहलपहल बढी हुन्छ । कोभिडपछि विदेशी पर्यटकको आगमन कम भए पनि आन्तरिक पर्यटकहरूको चहलपहल बढेकोमा इन्दिरा खुसी छिन् ।
‘साकुरा’ उनको दोस्रो होटल हो । उनले सात वर्षअघि पोखरामै ‘ओरियन्ट’ होटल सञ्चालनमा ल्याएकी थिइन् । करिब सात वर्षसम्म सञ्चालनमा रहेको ओरियन्ट होटल कोरोना महामारीका कारण बन्द हुन पुग्यो । सुरुमा १५ लाख लगानी गरी उनी यो व्यवसायमा प्रवेश गरेकी हुन् । उनलाई यो व्यवसायमा श्रीमान्को साथ र सहयोग छ । अनुभवले होटल सञ्चालन गरेकाले सफलता हासिल भइरहेको इन्दिराले बताइन् । उनले लामो समय रेस्टुराँमा जागिरे भई काम गरेकी थिइन् । व्यवस्थापनमा स्नातक पढ्दाताका उनी पोखरास्थित एउटा होटलमा सुपरभाइजरको काम गरेकी थिइन् । जागिरका क्रममा होटल सञ्चालन, व्यवस्थापनलगायत सम्पूर्ण कुराको अनुभव बटुलिन् । होटलमा जागिर खाइरहँदा उनलाई आफैं व्यवसायी बन्ने रहर पलायो । उनको यो रहरलाई पूरा गर्न श्रीमान्ले पनि साथ दिए ।
उनले करिब एक करोड लगानीमा ‘साकुरा’ होटल संचालनमा ल्याएकी हुन् । ४० कोठा रहेको होटलमा स्ट्यान्डर्ड, डिलक्स र नर्मल गरी तीन क्याटगोरीमा वर्गीकरण गरिएको छ । पर्यटकहरू आफ्नो इच्छाअनुसार बस्न सक्ने इन्दिराको भनाइ छ । समय र पर्यटकहरूको चाहना परिवर्तन हुँदै गएकाले व्यवसायीहरू पनि सोहीअनुसार आफूलाई परिवर्तन गर्दै गइरहेको उनले बताइन् । ‘पर्यटकहरूको रोजाइ अहिले प्रविधि र सुविधासम्पन्न होटल हो । त्यसकारण व्यवसायीहरूले पनि सुविधा थप गर्दे लानुपर्ने आवश्यकता छ’ उनले भनिन्, ‘होटल भित्र रेस्टुराँ पनि सञ्चालनमा छ । स्पा, कन्फरेन्स हल थप्ने योजना छ ।’