Successfully Copied

गाउँजस्तै गाउँको घर

युवापुस्तालाई पुराना सामग्री देखाउन यस्तो योजना बनाइएको घिमिरेले बताए । घरमा नेपाली संस्कार झल्कने नमस्ते डिजाइनका बासस्थान बनाइएको छ । त्यसबाहेक यहाँ टेन्ट क्याम्पेनिङ गर्न पनि पाइन्छ ।




२०६८ मा बिदेसिएका रूपन्देही बुटवलका समुद्र घिमिरेले ७ वर्ष दुबईको अन्तर्राष्ट्रिय विमानस्थलमा कोच अफिसरको काम गरे । उतैबाट७ देशको समेत भ्रमण गरे । त्यसक्रममा उनलाई विभिन्न धर्म, संस्कृति र पैसाको महत्व कति भन्ने बुझ्ने अवसर प्राप्त भयो । कोरोना संक्रमणका बेला लकडाउन चल्दाचल्दै उनी नेपाल फर्किए । ‘कहाँ के सुहाउँदो छ, कुन माटोले ऊर्जा खोजिरहेको छ भन्दै विभिन्न गाउँ डुलिरहें,’३५ वर्षीय घिमिरेले भने, ‘त्यही खोजीमा देउरालीमा गाउँको घर खोलें ।’पाल्पाको तिनाउ–६, डुम्रे चोकदेखि ३ किलोमिटर दक्षिणदेउरालीमा छ,इको फार्म हाउस ।गाउँको घर नाम दिइएको यो गन्तव्य सहरको कोलाहल, व्यस्तता र तनावबाट मुक्त हुन खोज्नेकालागि उपयुक्त छ ।‘राम्रो तलबसुविधा त्यागेर शान्ति, सद्भाव, करुणा, मैत्री र आफ्नै माटोमा भविष्य खोज्न स्वदेश फर्किएको हुँ,’ उनी भन्छन् । उनका अनुसार ५० लाख लगानीमा १७ रोपनी क्षेत्रफलमा बनेको गाउँको घरमागाउँले परिवेशको बेग्लै आनन्द लिन सकिन्छ । खाली जमिनमा १ हजार बोट कफी, कागती, तरकारी लगाइएको छ । वातावरणमैत्री परिवेश बनाउन प्लास्टिक प्रयोग नगर्ने र प्लास्टिकजन्य वस्तु नबेच्ने चलन चलाएका छन् । उनले घरमा काठका पुराना भाँडा, ठेकी, मदानी, गाग्रो र तमौरा राखेका छन् । माना, पाथी, ताउलो, पानस पनि छन् । टेलिफोन, इस्त्री मेसिन, पुराना क्यामेरा, गोरुगाडाको चक्का र सिलाई मेसिन आदि पुराना यन्त्र तथा उपकरण खोजेर गाउँको घरसजाएका छन् । 



युवापुस्तालाई पुराना सामग्री देखाउन यस्तो योजना बनाइएको घिमिरेले बताए । घरमा नेपाली संस्कार झल्कने नमस्ते डिजाइनका बासस्थान बनाइएको छ । त्यसबाहेक यहाँ टेन्ट क्याम्पेनिङ गर्न पनि पाइन्छ । ‘चाहना, कल्पना र उद्देश्यले देशभित्रको अवसर खोज्न सबै लागेयुवा पलायन रोकिन्छ भन्ने नै हो,’ उनी भन्छन्, ‘पर्यटन विकासका साथै माटोसँग बालबालिका, वृद्धवृद्धा तथा युवालाई घुलमिल गराई प्रकृति र माटोको महत्व बुझाउने अभियानसमेत हो ।’कोदो, फाफर, सिस्नो, लोकल कुखुरा, हाँस, लोकल आलु, हरियो तरकारी, दही, मही, दूध र माछा यहाँका परिकार हुन् । बजारका कुनै पनि खाना नबेच्ने गरेको उनले सुनाए । पेय पदार्थसमेत दूध वा दहीबाट बनेको सेक र लसी उपलब्ध हुन्छ । उनी मदिरा बेच्दैनन्, रैथाने स्वाद पस्किन्छन् । यहाँका टहरामध्ये कुनैमा सांगीतिक बाद्यवादनका सामग्री छन्, कुनैमा ध्यान गरेर बस्ने आसन, कुनैमा चिया पिउँदै गफिने वातावरण छ भने कुनैमा छानोमाथि बिस्तरा लगाएर आराम गर्न मिल्छ । हरेक ढुंगा वा काठमा केही न केही सन्देश लेखिएको भेटिन्छ । जस्तैः से नो टु ड्रग्स, शान्ति प्राप्तिका लागि प्रकृति, कति बस्छौ साथी युरोप अनि खाडीमा, सम्भावना खोजौं आफ्नै देशको खेत अनि बारीमा ।

घरमा जाने पाहुनालाई घिमिरे घोडामा बसालेर उकाली–ओराली गराउँछन् । आफूले रोपेको कफी, कागती, हरियो तरकारी देखाउँदै प्रकृतिको निकट पुर्‍याउँछन् । ‘यहाँ आउने पाहुनालाई ध्यान गराउने र हिलिङ थेरापीबाट शान्ति अनुभूति गराउने प्रयास हो,’ उनले भने । बालबच्चालाई माटोसँग खेल्न दिँदा उनीहरूको हरेक मांसपेशी बलियो हुने अध्ययनले नै देखाएकाले गाउँको घरमा पाहुना बनेर आउने बालबालिकालाई छोटो दूरीको हाइकिङ गराउने, बिरुवा रोप्न लगाउने गरेको घिमिरेले बताए ।

 Image