Successfully Copied

मिस ग्रान्ड इन्टरनेशनलमा नेपालको राष्ट्रिय पोशाक ‘तेजोमण्डितः’ सार्वजनिक

मिस ग्रान्ड इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गरिरहेकी जेसिका सिंह ठाकुरीले आफ्नो भव्य राष्ट्रिय पोशाक “तेजोमण्डितः” सार्वजनिक गरेकी छिन् ।


मिस ग्रान्ड इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गरिरहेकी जेसिका सिंह ठाकुरीले आफ्नो भव्य राष्ट्रिय पोशाक “तेजोमण्डितः” सार्वजनिक गरेकी छिन् । यसको अर्थ हो ‘दिव्य प्रकाशले सजिएको ।’
यो पोशाकको प्रेरणा काठमाडौं उत्यकाका जात्रा र पर्वहरूबाट लिइएको हो, जसले नेपालको धर्म, कला र एकताको झिल्को प्रस्तुत गर्दछ । ‘फ्लेयर अफ फेस्टिभल’ भन्ने विषयमा आधारित यो पोशाकमा जल न्याका नामक पवित्र भाँडोबाट प्रेरित टाउकोमा लगाइने गहना, संरक्षण र आशीर्वादको प्रतीक धार्मिक छाता, र नेपालको सांस्कृतिक उत्सवहरूको झल्को दिने सुन्दर केप चित्रण सामेल छ ।
यो पोशाक नमूना कलेज अफ फेसन टेक्नोलोजीका डिजाइनरहरुले तयार पारेका हुन् । तेजोमण्डितः नेपालको जीवित संस्कृतिको प्रतीक हो, जहाँ संस्कृति एकताको स्वरूप बन्छ र परम्परा प्रकाशको रूप लिन्छ ।

 Image