चाडपर्वमा सुहाउँछ परम्परागत पहिरन
दसैं–तिहारका लागि त्यस्तो कुनै पृथक् पहिरन भने हुँदैन । परम्परागत पर्व भएकाले यतिबेला सोहीअनुसारको पहिरन शैली सुहाउँदो र उपयुक्त देखिन्छ । साडी, कुर्ता आदिलाई थोरै आधुनिक शैलीमा लगाउन सकिन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/aa12323-1699512533.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/aa12323-1699512533.jpg&w=1000&height=600)
जाडोमा विभिन्न पहिरनसँगै फुटवेयरको पनि फेसन परिवर्तन हुन्छ । यतिबेला बुटको फेसन ट्रेन्डमा रहन्छ । बुटसँग ‘लङ कोट’ अहिलेका युवतीहरूको ‘स्टाइल स्टेटमेन्ट’ बनेको छ ।
जाडोमा धेरैजसोले बुट नै रोज्ने गरेका छन् । जाडो बढेसँगै बजारमा विभिन्न डिजाइनका बुटहरू देखिन थालेका छन् । यस्ता बुटहरू न्याना मात्र नभएर ‘स्टाइलिस’ पनि छन् । बुटको छनोट गर्दा शरीरको प्रकार, शैली, उपयोग र पहिरनलाई ध्यान दिनुपर्छ । पछिल्लो समय बजारमा कतिपय नयाँ डिजाइनका छन् भने कतिपय पुरानै छन् । आफ्नो रुचिअनुसार बुट लगाउने प्रचलन बढ्दो छ । पहिरन र उमेरअनुसार पनि बुटको रोजाइमा फरक पर्ने गरेको छ । बजारमा ‘एंकल’, ‘नि लेन्थ’ र ‘लङ बुट’ हरू आएका छन् । त्यसमा कपडा, ‘लेदर’, ‘सावर’ लगायतबाट निर्मित थरिथरि मूल्यका बुट देख्न सकिन्छ । यसको मूल्य ‘डिजाइन’ र गुणस्तरका आधारमा तोकिएको हुन्छ । न्यूनतम दुई हजारदेखि पाँच हजार मूल्यसम्मका बुट उपलब्ध छन् ।
काठमाडौंका पसलहरूमा विभिन्न किसिमका बुटहरू उपलब्ध छन् । न्यूरोडमा ३० वर्षदेखि जुत्ता–चप्पलको व्यवसाय गर्दै आएकी सरस्वती केसीले जाडो सुरु हुनुअगावै धेरै बुट बेचिसकेकी छन् । उनी भन्दै थिइन्, ‘यो तेस्रो चरण हो ।’ जाडोमा अन्य जुत्ता त्यति बिक्री नहुने उनले बताइन् । उनका अनुसार पछिल्लो समय चलेको ‘ड्याम बुट’ टिनएजर्सहरूले निकै रुचाएका छन् । ‘लङ बुट’ पनि यदाकदा बिक्री हुन्छन् । तर धेरै बिक्री हुने भनेको ‘एंकल बुट’ नै हो । उनीकहाँ ‘एंकल बुट’ २४ सयदेखि २८ सयसम्म र ‘ड्याम बुट’ ३५ सयसम्म बिक्री भइरहेको उनले बताइन् ।
‘एंकल बुट’ जुनसुकै पहिरनसँग लगाउन सकिन्छ’ सरस्वती भन्छिन्, ‘लङ बुट स्कर्ट, वानपिस वा फिटिङ जिन्ससँग मात्र लगाउन मिल्ने भएकाले यो दैनिक प्रयोगका लागि उपयोगी मानिँदैन ।’ ‘एंकल बुट’ प्रायः अफिस जाने महिलाहरूले धेरै रुचाउँछन् । ‘ड्याम बुट’ भने अहिलेको नयाँ फेसन भएकाले यसको बिक्री पनि राम्रै भइरहेको उनले बताइन् ।
यस्ता बुटहरू नेपालमा चीनबाट भित्रन्छन् । भन्सार महँगो भएकाले अघिल्लो वर्षको तुलनामा अहिले बुटको पनि मूल्य बढेको सरस्वती बताउँछिन् ।
‘एंकल बुट लेदरको बढी मन पराउँछन्’ सन्तोष विश्वकर्माले भन्छन् । उनी न्यूरोड इन्द्रचोकमा वर्षौंदेखि बुटको व्यवसाय गर्दै आएका छन् । ‘सावरको बुट पुरानो भइसकेको छ,’ उनी भन्छन्, ‘लङ बुट भने कपडाको पनि बिक्री भइरहेको छ ।’ यस्ता बुट फ्ल्याट र हिल दुवैमा उपलब्ध छन् । उनीकहाँ लङ बुटको मूल्य ३५ सयसम्म पर्छ । यहाँ दुई हजारदेखि ३५ सयसम्मका बुट उपलब्ध छन् ।
‘लङ बुट’
‘फिटिङ जिन्स’ सँग ‘लङ बुट’ निकै सुहाउँछ । यस्तो ‘बुट सावर’, कपडा र ‘लेदर’ मा पाइन्छ । आफ्नो इच्छानुसार ‘हिल’ वा ‘हिल’ नभएको रोज्न सकिन्छ । ‘वुलन टिसर्ट’ वा ‘लङ कोट’ माथिबाट ‘स्कार्फ’ लगाउन पनि सकिन्छ । त्यस्तै लामो ‘टिसर्ट’ वा ‘स्कर्ट’ सँग ‘लङ बुट’ को जोडी मिलाउन सकिन्छ । यसले ‘स्टाइलिस लुक’ दिन्छ । ‘ओभरसाइज्ड स्वेटर’ सँग ‘लङ बुट’ को संयोजन निकै मिल्छ ।
‘नी हाई बुट’
यो बुटको घुँडाभन्दा मुनिसम्मको लम्बाइ हुन्छ । ‘लङ बुट’ भन्दा केही छोटो हुन्छ । यो बुटले खुट्टामा चिसो लाग्दैन, यसले न्यानो बनाउँछ । यो बुट ‘लेदर’ मा राम्रो देखिन्छ । यसमा हिल भएको पनि लगाउन सकिन्छ यसले ‘स्टाइलिस लुक’ दिन्छ । यो बुट दैनिक प्रयोगका लागि उपयोगी हुन्छ । ‘वेस्ट्रन’ तथा ‘मिनी ड्रेस’ मा यो बुट लगाउन सकिन्छ ।
‘एंकल बुट’
यो दैनिक प्रयोगका लागि सबैभन्दा आरामदायक बुट हो । ‘एंकल बुट’ प्रायः जुनसुकै पहिरनमा लगाउन सकिन्छ । यो ‘हाई हिल’ र हल्का ‘हिल’ भएको हुन्छ । यसमा कालो, ‘ब्राउन’, ‘ग्रे’, सेतो रंगमा उपलब्ध हुन्छ । आफ्नो सहजतालाई ध्यानमा राख्दै बुट रोज्न सकिन्छ ।
‘ड्याम बुट’
यो बुट टिनएर्जसमाझ निकै लोकप्रिय छ । यो पुरानो फेसन हो । धेरै पहिले चलेको यो बुट अहिले फेरि फेसनमा आएको छ । यो बुट जुनसुकै पहिरनसँग पनि मिलाएर लगाउन सकिन्छ । यो ‘वानपिस’ र ‘पेन्ट’ सँग निकै सुहाउँछ । यसमा कालो, सेतो, ‘ब्राउन’, हल्का पहेंलो, ‘क्रिम’ रंगमा पाउन सकिन्छ ।