शैली पुरानै, लुक्स नयाँ
दसैंमा भारी साडीको सट्टा हल्का लेस बोर्डर भएको साडी लगाउँदा राम्रो हुन्छ । साडीको छनोट गर्दा रंगको संयोजनलाई ध्यान दिए फेसनेबलका साथै आकर्षक पनि देखिन्छ ।
आईईसी कलेजका प्रबन्ध निर्देशक शैलजा अधिकारीका अनुसार शोको मुल उद्देश्य नेपाली डिजाइनलाई प्रवद्र्धन र विकाश गर्दै अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु हो । यस्तै प्रयोगात्मक नविन शैलीका ज्ञानले आइइसीका पुर्व विद्यार्थीहरुले अन्तराष्ट्रिय प्लेटफर्ममा आफुलाई अब्बल सावित गरिसकेको पनि उनले बताइन ।
भारतीय प्रसिद्ध कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको कोरियोग्राफीमा सम्पन्न भएको उक्त शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको थियो । यसपटकको ‘आईईसी डिजाइनर रनवे’ भव्य र स्तरीय रहेको व्यवश्थापनले जनाएको छ ।
तस्विरहरु ः महेशमान प्रधान