ब्राइडल लेहेंगा खरिद गर्नुअघि
फेसन डिजाइनर मञ्जुका अनुसार पछिल्लो समय मोनोक्रोम प्याट्रन चलेको छ । त्यसमा रातो रंगको फेब्रिकमा रातो रंगले नै इम्ब्रोडइरी गरिएको हुन्छ । यसले बेहुलीलाई आकर्षक देखाउ“छ ।
लैनचौर स्थित द मल्ल होटलमा विभिन्न क्षेत्रका चिरपरिचित व्यक्तिहरुको राम्रै चहलपहल देख्न पाइएको थियो । फेसन, मोडलिङ, सौन्दर्य प्रतियोगिता, गीत संगीत, श्रृङ्गार, फोटोग्राफी लगायतका क्षेत्रका चर्चित व्यक्तिहरुको सम्मानमा आयोजना भएको फेसन फेयर अवार्ड २०२२ नामक अवार्ड कार्यक्रममा करिब दुई दर्जन व्यक्तित्वहरु सम्मानीत भए । सेतो एजुकेशन सर्भिसेस्को प्रस्तुतिमा ड्रिम सर्च एजेन्सीले आयोजना गरको सो अनररी अवार्ड कार्यक्रममा आ आफ्नो क्षेत्रमा लामो समय देखिको उपस्थिति, योगदान र उपलब्धीको सम्मानमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सो सम्मान कार्यक्रममा सविता कार्कीलाई फेसन आइकन अवार्ड, आस्था पोखरेललाई फेसन सुपरमोडल अवार्ड, शुभेच्छा खड्कालाई मोस्ट पपुलर एमसी अवार्ड फिमेल, राजेश घिमिरेलाई फेसन मेकअप आर्टिष्ट अवार्डबाट सम्मानीत गरिएको थियो । यसैगरी पराक्रम राणा योङ फेसन आइकन अवार्ड, अनिल केशरी शाह मोस्ट इन्फ्लुएन्सियल अवार्ड, मुना गौचन आउट स्ट्यान्डिङ अवार्ड इन् फेसन, नगमा श्रेष्ठ प्रोमिनेन्ट नेसनल डारेक्टर अवार्डबाट सम्मानीत भएका थिए ।
कार्यक्रममा अविनाश श्रेष्ठलाई फेसन स्टाइलिष्ट अवार्ड, डा. त्रिशाला गुरुङ मोस्ट पपुलर आर्टिष्ट अवार्ड फिमेल, धर्मेन्द« सेवानलाई मोस्ट पपुलर आर्टिष्टलार्ई अवार्ड मेल, अन्शिका शर्मालाई इन्टरनेसनल फेसन मोडल अवार्ड, आश्रा कुँवरलाई मोस्ट इन्फ्लुएन्सियल रक आर्टिष्ट अवार्ड फिमेल, दिपक बज्राचार्यलाई लिजेन्ड्री आर्टिष्ट अवार्ड, किशोर कायस्थलाई क्रिएटिभ फेसन फोटोग्राफर अवार्ड, आस्तिक शेरचनलाई क्रिएटिभ फेसन डिजाइर अवार्ड, मनिश राइलाई आइकोनिक फेसन डिजाइनर अवार्डको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ ब्युटिशियन कमला श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानीत गरिएको थियो ।
तस्बीर - महेश प्रधान