प्रेमको धुन
संगीत सिक्ने क्रममा उनीहरू साथी बने । दुर्गालाई कफी मन पर्ने, अर्जुन चियाका पारखी । खासमा चिया पसल उनीहरूका लागि ‘डेटिङ स्पट’ थियो ।
राजधानीमा गत महिना विवाहलाई लक्षित गरी ‘वेडिङ कार्निभल’ सम्पन्न भयो । विवाहको मण्डप, गेटको साजसज्जासहित, दुलहीलाई बोक्ने डोली, परम्परागत भाँडाकुँडा, सौन्दर्यका सामग्रीहरू, छाता, ऐतिहासिक बाजागाजा, दुलहा–दुलही बस्ने स्थल, स्वयंवर, वरणी, साइपाटाका सामग्रीहरू, खानाका स्टलहरू, पूजाका सामग्रीहरू कानिर्भलमा सजाइएको थियो ।
आयोजक वेलकम इभेन्ट म्यानेजमेन्टकी निर्देशक नीता पौडेलले वैवाहिक समारोहको तयारी र व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कार्निभलको आयोजना गरिएको बताइन् । ‘सबै सर–सामग्री जुटाएर विवाह गर्न निकै झन्झटिलो हुन्छ’ उनले भनिन्, ‘अर्को कुरा आफ्नो बजेटमा रहेर विवाहको व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’
पहिले विवाहका लागि दुलहा बग्गी चढेर जान्थे भने लकडाउनमा घोडा ल्याउन गाह्रो भएकाले परम्परागत काठको डोली प्रयोगमा आयो । फूलहरूले सजाएर आकर्षक बनाइएको काठको डोलीमा बेहुलीहरूले निकै आनन्द लिए ।






