फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।
ललितपुरस्थित जावलाखेलमा कात्तिक दोस्रो साता आयोजित ‘गोदावरी पुष्प मेला’ मा ७९ लाख रुपैयाँको कारोबार भयो । ४८ वटा स्टल राखिएको उक्त मेलामा उत्कृष्ट स्टलको पुरस्कार बल्खुस्थित थापा नर्सरीले प्राप्त गर्यो । उक्त नर्सरीलाई आयोजक फ्लोरिकल्चर एसोसिएन (फ्यान)ले नगद १५ हजार रकमसहित पुरस्कृत गरेको थियो । ‘फ्यान’ का अध्यक्ष मीनबहादुर तामाङका अनुसार मेलामा गोदावरी, सयपत्री, बेगमबेलीलगायत आयात गरिएका बिरुवाहरू राखिएका थिए ।








