चुस्ता

नारी संवाददाता

आश्विन १७, २०७८ खसीको आमाशयको भाग (सातपत्रे) बाट बनेको परिकार नै चुस्ता हो । यसलाई उल्टाएर बाहिरको भाग भित्र पारिन्छ । त्यसपछि उसिनेर फ्राइ गरिन्छ । यो परिकार स्न्याक्सका रूपमा खान सकिन्छ ।

सामग्री : तोरीको तेल, नुन, बेसार, खुर्सानीको धूलो, हरियो खुर्सानी, जिरा र धनियाँको धूलो, गरम मसला, लसुन ।

विधि : सुरुमा खसीको आमाशयलाई राम्रोसँग पखाल्ने, त्यसलाई उल्टो बनाएर हल्का उसिन्ने । त्यसपछि बाक्लो तावामा तोरीको तेल तताउने । २ देखि ३ सय डिग्री तापक्रममा त्यसलाई सिंगै फ्राइ गर्ने । ८० प्रतिशत पाकिसकेपछि त्यसलाई निकाल्ने र टुक्रा पार्ने । अब फेरि टुक्रा पारेको मासुलाई फ्राइ गर्ने, त्यसमा हरियो खुर्सानी फुराउने, काटेको लसुन, जिरा र धनियाँको धूलो हाल्ने र डिप फ्राइ गर्ने ।

-  दीपेश सूर्यवंशी

सेफ, भेटघाट रेस्ट्रो, अनामनगर

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>