अभिनव म्यानहन्ट विजेता
अभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि पाउन सफल भएँ । उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

काठमाडौंमा चलचित्र निर्माण गर्ने कार्यशालामा सहभागी १० किशोरीले पाँचवटा चलचित्र निर्माण गरेका छन् । ती चलचित्रहरू भदौ चौथो साता राजधानीमा प्रदर्शन गरियोे ।
भर्चुअल रूपमा सम्पन्न कार्यशालामा निर्माण गरिएका ती पाँच चलचित्रको औसत समय पाँच मिनेटको छ । यसरी बनेका सबै फिल्म डकुमेन्ट्री भएको कार्यशालाका आयोजकले जनाए । किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियानअन्तर्गत आयोजित कार्यशालालाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए ।