‘नेपालको स्वास्थ्य क्षेत्र सुधार्न मन छ’
नेपालका युवा अवसरको खोजीमा छन् । राम्रो अवसर पाए, रोजगारीको सुनिश्चिता हुन सके आफ्नै देशमा बसौं र गरौं भन्ने भावना उनीहरूमा छ ।
काठमाडौंमा चलचित्र निर्माण गर्ने कार्यशालामा सहभागी १० किशोरीले पाँचवटा चलचित्र निर्माण गरेका छन् । ती चलचित्रहरू भदौ चौथो साता राजधानीमा प्रदर्शन गरियोे ।
भर्चुअल रूपमा सम्पन्न कार्यशालामा निर्माण गरिएका ती पाँच चलचित्रको औसत समय पाँच मिनेटको छ । यसरी बनेका सबै फिल्म डकुमेन्ट्री भएको कार्यशालाका आयोजकले जनाए । किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियानअन्तर्गत आयोजित कार्यशालालाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए ।