Successfully Copied

कटिया

तीन सय ग्राम खसीको मासु, १५० ग्राम सुकेको प्याज, दुई पिस खुर्सानी, ८/१० पिस लसुन, एक चम्चा जिराका दाना, स्वादअनुसार नुन, आधा चम्चा बेसार, सय मिलिलिटर भुटेको तोरीको तेल, गरम मसला, एक चम्चा मरिचको धूलो ।

अचेल कटियाको प्रचलन बढेको छ । माटोको भाँडोमा पकाइएको खसीको मासुको परिकारलाई कटिया भनिन्छ । विशेषतः रौतहटको कटहरियाको चर्चित यो परिकारको माग पछिल्लो समय काठमाडौंमा बढेको छ ।

सामग्री : तीन सय ग्राम खसीको मासु, १५० ग्राम सुकेको प्याज, दुई पिस खुर्सानी, ८/१० पिस लसुन, एक चम्चा जिराका दाना, स्वादअनुसार नुन, आधा चम्चा बेसार, सय मिलिलिटर भुटेको तोरीको तेल, गरम मसला, एक चम्चा मरिचको धूलो ।

विधि : पहिले माटाको भाँडोमा सुकेको प्याज १५० ग्राम काटेर हाल्ने र त्यसपछि दुई पिस खुर्सानी, ८/१० पिस लसुन, एक चम्चा जिराका दाना, स्वादअनुसार नुन, आधा चम्चा बेसार, सय मिलिलिटर भुटेको तोरीको तेल राखेर मासु हाली त्यसलाई कोइलाको आगोमा पकाउनुपर्छ । करिब ४५ मिनेटपछि चलाएर गरम मसला र मरिचको धूलो राख्नुपर्छ । त्यसको ३० मिनेट पकाएपछि कटिया खान योग्य हुन्छ ।

-  दीपक तामाङ

लेकाली किचन एन्ड कटिया हाउस

 Image