Successfully Copied

थरिथरिका स्वेटर ड्रेस

फरक–फरक बडी सेपका लागि सुहाउँदो हुनु ‘स्वेटर ड्रेस’ को विशेषता हो । ‘स्लिम फिट’ देखि ‘प्लस’ वा ‘ओभर साइज’, ‘पियर सेप’ वा ‘आवर ग्लास’ सबै बडी सेपका लागि ‘स्वेटर ड्रेस’ का विविधता उपलब्ध छन् । ‘हार्ट सेप्ड बडी’ भएका महिलाका लागि ‘स्वेटर ड्रेस’

चिसो बढेसँगै शरीरलाई न्यानो प्रदान गर्ने ‘विन्टर फेसन’ का विभिन्न विकल्प बजारमा उपलब्ध छन् । चाहे त्यो ‘क्याजुयल’ परिवेश होस् वा पार्टी मुड, अफिसियल प्रयोजन होस् वा दैनिक उपयोगिता, ‘स्वेटर ड्रेस’ ले आफ्नो उपस्थितिलाई बहुआयामिक रूपमा दर्शाएको देख्न सकिन्छ । सहज, आरामदायिक, न्यानो र ‘स्टाइलिस’ पनि देखिने भएकाले ‘स्वेटर ड्रेस’ जाडोको फेसनमा ‘वुमेन वार्डरोब’ को अभिन्न पक्ष बनेको छ ।

दर्जनौं स्टाइल, डिजाइन, आकार, प्रकार, लम्बाइ, कलर, प्रिन्ट्स तथा प्याटर्नमा उपलब्ध हुनु ‘स्वेटर ड्रेस’ को विशेषता र लोकप्रियताको आधार हो । ‘एङ्कल लेन्थ’, ‘काल्फ लेन्थ’, ‘निलेन्थ’, ‘नि हाई’ देखि मिनी र म्याक्सी स्टाइलमा ‘स्वेटर ड्रेस’ को लम्बाइको विविधता रहेको पाइन्छ । ‘स्लिम फिट’, ‘रेगुलर फिट’ देखि ‘ओभर साइज’, ‘र्‍यापिङ स्टाइल’, ‘बटन अप’, ‘फुल जिपर’, ‘हाफ जिपर’, ‘स्लिभलेस’, ‘हाफ स्लिभ’, ‘सर्ट स्लिभ’, ‘फुल स्लिभ’, ‘थ्री क्वार्टर स्लिभ’, ‘पफ स्लिभ’, ‘बलुन स्लिभ’, ‘किमोनो स्लिभ’ जस्ता अनेंकौं स्टाइलमा पनि ‘स्वेटर ड्रेस’ उपलब्ध छन् । ‘मिनी स्कर्ट स्टाइल’ होस् वा ‘म्याक्सी ड्रेस स्टाइल’, ‘पेन्सिल स्कर्ट स्टाइल’ होस् वा ‘कफ्तान स्टाइल’, ‘लङ स्लिभ’ वा ‘सर्ट स्लिभ’ अनेकौं विविधताका कारण डे वा नाइट पार्टी, रेगुलर वेयर वा अफिस वेयर सबैमा ‘स्वेटर ड्रेस’ एउटा भरपर्दो विकल्पका रूपमा रहेको छ । योसँगै दर्जनौं रंग ‘सोलिड कलर’ होस् वा ‘ब्राइट’ वा ‘न्युट्रल कलर’, ‘नियन’, ‘सिंगल’ वा ‘मल्टी कलर’, ‘स्वेटर ड्रेस’ मा रंगहरूको च्वाइसमा पनि विविधतायुक्त तथा रंगबिरंगी छ ।

‘स्वेटर ड्रेस’ मा विभिन्न ‘नेकलाइन’ को विविधता पनि पाइन्छ । ‘टर्टल नेक’, ‘स्कुप नेकलाइन’, ‘ट्याङ्क स्टाइल’, ‘प्लन्जिङ’, ‘स्वीट हार्ट’, ‘राउन्ड’, ‘पोलो’, ‘काउल नेक’, ‘भी’, ‘वन सोल्डर’, ‘अफ सोल्डर’ लगायत दर्जनौं नेकलाइनका विकल्प उपलब्ध छन् ।

फरक–फरक बडी सेपका लागि सुहाउँदो

फरक–फरक बडी सेपका लागि सुहाउँदो हुनु ‘स्वेटर ड्रेस’ को विशेषता हो । ‘स्लिम फिट’ देखि ‘प्लस’ वा ‘ओभर साइज’, ‘पियर सेप’ वा ‘आवर ग्लास’ सबै बडी सेपका लागि ‘स्वेटर ड्रेस’ का विविधता उपलब्ध छन् । ‘हार्ट सेप्ड बडी’ भएका महिलाका लागि ‘स्वेटर ड्रेस’ बढी सुहाउँदो हुन्छ । पातलो तथा ‘फिटेड निट’ भएको ‘स्लिम फिट’ वा ‘क्याप स्लिभ’ सहितको ‘फुल’ वा ‘फ्लेअर्ड स्कर्ट स्टाइल’ को ‘स्वेटर ड्रेस’ ‘हार्ट सेप्ड बडी’ भएका लागि उपयुक्त विकल्प हो ।

‘पियर बडी सेप’ भएका लागि भने ‘ए लाइन स्कर्ट स्टाइल’ को ‘स्वेटर ड्रेस’ को विकल्प रहेको छ । ‘पिटाइट बडी सेप’ भएका लागि भने ‘नि हाई लेन्थ’ को ‘स्वेटर ड्रेस’ उपलब्ध छ । यो शैलीमा ‘प्रिन्टेड कोलर’ भएको र बेल्टसहित प्रयोग गर्दा अझ सुहाउँछ । ‘पिटाइट बडी सेप’ मा कालो रंगको मिनी ‘स्वेटर ड्रेस’ र कालो रंगको ‘टाइट्स’ तथा ‘स्टेलिटोज’ जुत्ताको जोडा राम्रो हुन्छ । यसैगरी, ‘न्युड’ वा ‘लाइट कलर्ड मिनी ड्रेस’ र ‘न्युड पम्पस्’ को मिश्रण राम्रो हुन्छ ।

‘आवर ग्लास बडी सेप’ भएका लागि भने सबै खालको ‘स्वेटर ड्रेस’ को विकल्प पाइन्छ । तर ‘फिटेड स्टाइल’ बढी राम्रो हुन्छ । ‘टर्टल नेक’ वा ‘फ्लोइङ स्कर्ट स्टाइल’ अझ बढी राम्रो हुन्छ । ‘र्‍याप्ड स्टाइल’ पनि यो ‘फिगर’ मा सुहाउँदो हुन्छ । ‘सर्ट फिगर’ भएका लागि ‘काउल’ वा ‘भी नेक स्टाइल’ को ‘स्वेटर ड्रेस’ राम्रो देखिन्छ । ‘प्लस साइज फिगर’ भएका लागि ‘सफ्ट मटेरियल’ र ‘सलिड कलर’ को विकल्प हो । कुनै किसिमको अलमल भएमा ‘मिडी’ वा ‘निलेन्थ स्वेटर ड्रेस’ को विकल्प सधै उपलब्ध छ । यो ‘लेन्थ’ को ‘स्टाइल’ सबै खालको ‘हाइट’ र ‘फिगर’ मा सुहाउँदो हुन्छ ।

स्टाइलिङ स्वेटर ड्रेस’

- ‘स्वेटर ड्रेस’ लाई सिंगल पिस ड्रेसका रूपमा पहिरिन सकिन्छ । यसलाई ‘स्टाइलिस नेक पिस’ सित जोडा बनाएर प्रयोग गर्न सकिन्छ । ‘स्वेटर ड्रेस’ को जोडा ‘हाई हिल्स’ वा ‘बुट’ सित ‘स्मार्ट’ र ‘स्टाइलिस’ देखिन्छ ।

- यसलाई ‘लेगिङ’ सित ‘लेयरिङ’ गर्न पनि सकिन्छ । बाक्लो तर पनि कोमल अनुभूति दिने भएकाले विभिन्न प्रकारका ‘लेगिङ’ सित पनि यसको जोडा शोभनीय हुन्छ । यो ‘लुक’ लाई ‘एंकल लेन्थ’ को बुटसित पूर्णता प्रदान गर्न सकिन्छ । अलिक बढी ‘क्याजुयल मुड’ मा भने ‘स्वेटर ड्रेस’ सित ‘लेगिङ’ र ‘फ्ल्याट’ जुत्ता लगाउन सकिन्छ ।

- घुँडासम्मको लम्बाइ भएको ‘स्वेटर ड्रेस’ लाई भने ‘टप्स’ का रूपमा प्रयोग गर्न सकिन्छ । ‘निलेन्थ’ भन्दा छोटो खालको ‘स्वेटर ड्रेस’ सित भने ‘फिटेड जिन्स’ सित जोडा बनाउन सकिन्छ । ‘स्किनी जिन्स’ सित ‘फिटेड लेग्स’ र ‘भोल्युम टप’ को स्टाइल अंगाल्न सकिन्छ । ‘स्किनी एंकल लेन्थ जिन्स’ पनि छोटो खालको ‘स्वेटर ड्रेस’ सित आकर्षक देखिन्छ । यो लुकलाई पूर्णता प्रदान गर्न ‘फ्ल्याट’ जुत्ता वा ‘एंकल लेन्थ’ को बुट प्रयोग उचित हुन्छ ।

- ‘स्वेटर ड्रेस’ सित कम्मरमा बेल्टको प्रयोगले अझ स्टाइलिस लुक प्रदान गर्छ । ‘स्वेटर ड्रेस’ सित ‘स्किनी बेल्ट’ को प्रयोगले व्यक्तित्व निखार्ने काम गर्छ । त्यही ‘डबल बक्कल बेल्ट’ ले शरीरलाई ‘आवर ग्लास फिगर लुक’ प्रदान गर्छ । ‘स्वेटर ड्रेस’ सित ‘इलास्टिक बेल्ट’ पनि उत्तिकै सुहाउँदो हुन्छ ।

- ‘स्वेटर ड्रेस’ सित अन्य एसेसरिजसितको ‘लेयरिङ’ विकल्प पनि अंगाल्न सकिन्छ । यो पहिरनमा ‘स्कार्फ’ लाई पनि प्रयोग गर्न सकिन्छ । घाँटी स्टाइलिस तरिकाले बाँधेर होस् वा काँधमाथि ड्रेप गरेर । यसैगरी ‘स्वेटर ड्रेस’ माथि ‘क्रप्ड’ लेदर ज्याकेट वा ‘डेनिम’ ज्याकेट प्रयोग गरेर आफ्नो व्यक्तित्वलाई ‘बोल्ड लुक’ प्रदान गर्न सकिन्छ ।

- त्यसो त ‘स्वेटर ड्रेस’ लाई ‘पुलओभर’ को लामो भर्सनको ‘निट वेयर’ का रूपमा पनि लिइन्छ । ‘स्वेटर ड्रेस’ हरू ‘एङ्कल लेन्थ’, ‘काल्फ लेन्थ’, ‘निलेन्थ’, ‘नि हाई लेन्थ’ आदिमा पाइन्छन् । यो पहिरन लामो भन्दा छोटो बढी प्रचलनमा रहेको पाइन्छ ।

- लम्बाइअनुसार ‘स्वेटर ड्रेस’ को उपयोगिता सबैभन्दा बढी बुटसँग मिल्दो हुन्छ । ‘एंकल लेन्थ बुट’ छोटो ‘स्वेटर ड्रेस’ सित सुहाउँछ भने ‘नि हाई बुट नि हाई लेन्थ’ को ‘स्वेटर ड्रेस’ मा ‘स्मार्ट एण्ड सेक्सी लुक’ प्रदान गर्ने खालको हुन्छ । ‘नि हाई बुट’, ‘नि हाई स्वेटर ड्रेस’ र त्यसमाथि ‘लङ कोट’ को जोडा अझ आकर्षक र ‘बोल्ड’ देखिन्छ ।

- ‘स्वेटर ड्रेस’ सित ‘फर्म फिटिङ बेल्ट’, ‘लेगिङ’ र ‘राइडिङ बुट’ लाई ‘टिम अप’ गर्न सकिन्छ । ड्रेस धेरै छोटो नहोस् भन्ने कुरामा भने विचार पुर्‍याउनुपर्छ ।

- ‘स्वेटर ड्रेस’ सित कुनै पनि रंगको स्लिम जिन्स वा लेदर पाइन्ट प्रयोग गर्न सकिन्छ । यसमा अलिक बढी स्टाइलिस देखिनका लागि भने ‘फक्स फर भेस्ट’ माथि ‘स्वेटर ड्रेस’ प्रयोग गर्नु उचित हुन्छ ।

- ‘स्वेटर ड्रेस’ र ‘पेन्सिल स्कर्ट’ को जोडाले ‘अफिस लुक’ प्रदान गर्दछ । यो लुकमा बेल्टको प्रयोग अझ बढी शोभनीय र आकर्षक हुन्छ ।

- ‘सेक्सी लुक’ का लागि ‘स्वेटर ड्रेस’ का साथमा ‘हाई हिल बुट्स’ र ‘लेगिङ्स’ लगाउन सकिन्छ । प्रिन्टेड वा ‘कलरफुल लेगिङ्स’ पनि ‘ट्राइ’ गर्न सकिन्छ ।

द्धजाडो मौसमका लागि चंकी तथा ‘हेभी वेट स्वेटर ड्रेस’ जाडो मौसमका लागि उपयुक्त विकल्प हो ।

- लामो स्वेटर चयन गर्नुहुन्छ भने ‘स्लिट्स’ सहितको फिगरलाई आकर्षक रूपमा प्रस्तुत गर्ने शैलीको ‘स्वेटर ड्रेस’ चयन गर्नु राम्रो हुन्छ । आकर्षक लुक र प्रभावकारिताका लागि कम्मरमा बेल्ट प्रयोग गर्न सकिन्छ ।

‘स्वेटर ड्रेस’ सँग जुत्ताको जोडा

- ‘विना स्टकिङ वा टाइट्सका साथमा ‘स्टिलेटोज्’ र ‘थाई हाई बुट्स’ मा ‘स्वेटर ड्रेस’ को जोडा विशेषतः ‘पिटाइट’ शरीर भएका र अग्लो शरीर भएका लागि बढी शोभनीय हुन्छ ।

- ‘स्वेटर ड्रेस’ सित ‘स्निकर्स’ जोडा पनि ‘भर्सटाइल’ देखिन्छ ।

-‘स्वेटर ड्रेस’ सित ‘फ्ल्याट्स’ जो कोहीलाई पनि उपयुक्त हुन्छ । यसमा भने ‘निलेन्थ’ वा ‘मिनी स्वेटर ड्रेस’ बढी सुहाउँदो हुन्छ । यसका साथै ‘बलेरिना’ जुत्ता पनि ‘पिटाइट’ शरीर भएका लागि शोभनीय हुन्छ ।

- विभिन्न लेन्थको ‘स्वेटर ड्रेस’ सित विभिन्न ‘लेन्थ बुट’ को कम्बिनेसन पनि आकर्षक एवं स्टाइलिस हुन्छ । ‘मिनी लेन्थ ड्रेस’ सित ‘नि हाई’, ‘निलेन्थ’ वा ‘एंकल लेन्थ बुट’ । ‘निलेन्थ ड्रेस’ मा ‘निलेन्थ’ वा ‘काल्फ लेन्थ बुट’, ‘मिडी स्वेटर ड्रेस’ मा ‘एंकल लेन्थ बुट’ को जोडाले व्यक्तित्व आषकर्ण र ‘स्मार्ट लुक’ संचार गर्दछ ।

‘स्वेटर ड्रेस’ सँग अन्य एसेसरिज

‘स्वेटर ड्रेस’ सित अन्य फेसन एसेसरिजसित स्टाइलिङ गर्ने सुविधा छ । नेकपिस, फेन्सी बेल्ट, फुटवेयर, पर्स तथा ह्यान्ड ब्यागलगायतका फेसन एससेसरिज त छन् नै ‘स्वेटर ड्रेस’ सित अन्य फेसन एसेसरिजको स्टाइलिङ पनि उत्तिकै शोभनीय हुन्छ ।

द्धप्रायः व्यक्तिले नजरअन्दाज गर्ने फेसन एसेसरिजमध्येमा पर्ने हो, स्कार्फ । स्कार्फ जाडोका लागि न्यानोपनको अनुभूति दिने फेसन एसेसरिजमा पर्दछ । सँगै ‘स्वेटर ड्रेस’ सित यसलाई स्टाइलिङ गर्ने हो भने यसले व्यक्तित्वमा थप निखार संचार गर्दछ । उदाहरणका लागि ‘लाइट टोन’ वा कालो रंगको ‘स्कुप नेकलाइन’ भएको ‘स्वेटर ड्रेस’ सित ‘ब्राइट रेड’ वा ‘एलो’ जस्ता ‘सोलिड कलर’ को लामो खालको स्कार्फको जोडाले प्रयोगकर्ताको शरीरलाई सेप दिनुका साथै उसको ‘स्किन टोन’ र व्यक्तित्वलाई पनि आकर्षक लुक प्रदान गर्दछ ।

- ‘स्वेटर ड्रेस’ सित स्टकिङको जोडा पनि निकै जम्छ । कालो रंगको ‘टाइट्स’ र ‘स्वेटर ड्रेस’ को जोडा ‘अल टाइम हिट’ हो भने ‘लेस स्टकिङ’ ले ‘स्वेटर ड्रेस’ सित ‘सेक्सी लुक’ प्रदान गर्दछ । ‘नि हाई बुट्स’ सँग ‘नि मिनी स्वेटर ड्रेस’ को जोडाले व्यक्तित्वलाई अझ ‘बोल्ड’ र ‘स्टाइलिस’ देखाउँछ । यसमा पातलो खालको बेल्ट र सानो साइजको पर्स जोड्ने हो भने प्रयोगकर्ताको व्यक्तित्व अझ बढी आकर्षक देखिन्छ ।

- ‘स्वेटर ड्रेस’ सित ‘लेगिङ’ को जोडा पनि निकै जम्छ । ‘डेनिम’ र ‘कलर्ड लेगिङ’ दुवै शैली ‘स्वेटर ड्रेस’ सित सुहाउँदो हुन्छ ।

- ‘स्वेटर ड्रेस’ सित सबैखाले बेल्टको जोडा सुहाउँदो हुन्छ । विशेषगरी ‘मेटालिक’, ‘लेदर’, ‘फेब्रिक’, ‘ब्रेडेड’ तथा ‘प्याटर्नन्ड बेल्ट’ हरू बढी शोभनीय हुन्छन् ।

- ज्वेलरीको कुरा गर्दा ‘स्वेटर ड्रेस’ सित ‘इयररिङ’, चुरा, नेकलेस तथा चेनको जोडा बढी सुहाउँदो हुन्छ ।

- यसैगरी ह्यान्डब्यागतर्फ पर्स, क्लच, सोल्डर ब्याग, स्याटचेल आदि राम्रो देखिन्छ ।

 Image