Successfully Copied

थरिथरिका ब्लाउज

साडीमा स्लिभलेस ब्लाउज निकै आकर्षक देखिन्छ । यो डिजाइनको ब्लाउज अहिले ट्रेन्डमा छ । साडी हेभी छ भने सादा र साडी सिम्पल छ भने हेभी ब्लाउजको डिजाइन गर्न सकिन्छ । 

चाडपर्वको मौसम सुरु भइसकेको छ । यतिबेला महिलाको पहिलो प्राथमिकतामा साडी पर्छ । साडीको फेसन कहिल्यै पुरानो हुँदैन, यो सदाबहार पहिरनअन्तर्गत पर्छ । विवाह, भोज, व्रतबन्ध, चाडपर्व जुनसुकै विशेष अवसरमा साडी महिलाको पहिलो रोजाइ हो । साडीले महिलाहरूलाई परम्परागत मात्र होइन क्लासी लुक पनि दिन्छ । साडीसँग ब्लाउजको तालमेल मिल्नु एकदमै जरुरी हुन्छ । केही वर्षअघि अफ र कोल्ड सोल्जर डिजाइन चलेको थियो । त्यसपछि बनारसी र सिल्क साडीको क्रेज बढ्यो । अहिले भि–नेक डिजाइन चल्तीमा छ । यहाँ पछिल्लो समय चलेको ब्लाउजको ट्रेन्ड र डिजाइनबारे जानकारी दिने यहाँ प्रस्तुत छः  

स्लिभलेस ब्लाउज

साडीमा स्लिभलेस ब्लाउज निकै आकर्षक देखिन्छ । यो डिजाइनको ब्लाउज अहिले ट्रेन्डमा छ । साडी हेभी छ भने सादा र साडी सिम्पल छ भने हेभी ब्लाउजको डिजाइन गर्न सकिन्छ । 

ब्ल्याकलेस ब्लाउज

फरक र स्टाइलिस लुकका लागि ब्ल्याकलेस ब्लाउज रोज्न सकिन्छ । यो डिजाइनमा पछाडिको भाग पूरै खोलिएको हुन्छ । ब्ल्याकलेस ब्लाउजमा बाहुलामा पूरै, फ्रिल भएको वा सोल्डर कट स्लिभ डिजाइन बनाउन सकिन्छ । 

नेक डिजाइन

यो डिजाइनको ब्लाउज सिम्पल साडीमा एकदमै राम्रो सुहाउँछ । सिम्पल डिजाइनको ब्लाउजमा कहिलेकाहीँ साडी नखुलेजस्तो देखिन्छ । यस्तो बेला नेक डिजाइनको ब्लाउज उपयुक्त हुन सक्छ । यो धेरै प्रकारको डिजाइनमा चलेको छ । यसलाई आफ्नो रुचिअनुसार छनोट गर्न सकिन्छ ।

क्रप टप

आजकल क्रप टप ब्लाउज ट्रेन्डमा छ । बजारमा विभिन्न डिजाइनमा क्रप टप उपलब्ध छन् । साडीसँग संयोजन मिलाएर यसको छनोट गर्न सकिन्छ । यो ब्लाउजले रेगुलर लगाइरहेको ब्लाउजभन्दा फरक लुक दिन्छ साथै स्टाइलिस पनि देखाउँछ । अझ फ्लोरल प्रिन्ट भएको ब्लाउज आकर्षक देखिन्छ । सादा साडीसँग फ्लोरल ब्लाउजको संयोजन निकै खुल्छ ।

अफ सोल्डर

अफ सोल्डर ब्लाउज स्टाइलिस देखिन्छ । केही वर्षयता फेसनमा रहेको यो ब्लाउज पनि पछिल्लो समय ट्रेन्डमा छ । यसको बाहुलाको डिजाइनमा केही नयाँपन दिन सकिन्छ । ‘पियर सेप’ को शरीर भएका युवतीलाई अफ सोल्डर ब्लाउज धेरै सुहाउँछ । यसले शरीरको माथिल्लो भाग बढी हाइलाइट गर्छ । यस्तो डिजाइनको ब्लाउज जुनसुकै डिजाइनको साडीसँग लगाउन सकिन्छ । 

बेलुन स्लिभ

पछिल्लो समय बेलुन स्लिभ पनि ट्रेन्डमा छ । इन्डो वेस्टर्न लुकका लागि यो ब्लाउज लगाउन सकिन्छ । साडीसँग रंगको संयोजन मिलाएर लगाउँदा आकर्षक देखिन्छ । साथै कन्ट्रास्ट बेलुन स्लिभ पनि लगाउन सकिन्छ । 

पेपलम टप

केही नयाँ ट्राइ गर्न चाहनुहुन्छ भने पेपलम टप लगाउन सकिन्छ । यो ब्लाउजले स्टाइलिस लुक दिन्छ । बजारमा विभिन्न स्टाइलका ब्लाउज पाइन्छन् । आफ्नो इच्छानुसार डिजाइन छनोट गर्न सकिन्छ । साडीसँग यो ब्लाउजको संयोजनले क्लासी लुक दिन्छ । डिप नेक पेपलम टपले अझ धेरै स्टाइलिस देखाउँछ । 

सर्ट 

साडीसँग सर्टको संयोजन बेस्ट हुन सक्छ । गर्मी मौसममा सर्ट डिजाइन लगाउन उपयुक्त हुन्छ । सिम्पल साडीसँग यो डिजाइन धेरै सुहाउँछ । सेतो रंगको सर्ट सबै प्रकारको डिजाइनमा लगाउन सकिन्छ । सिल्कको साडीमा यो डिजाइन स्टाइलिस देखिन्छ । यसमा अक्सिडाइज ज्वेलरी धेरै खुल्छ । 

सदाबहार डिजाइन

साडीसँग म्याचिङ गरेर ब्लाउज लगाउँदा आकर्षक देखिन्छ । हरेक साडीको ब्लाउज बनाउन सम्भव नहुन सक्छ । कहिल्यै पनि फेसन नजाने केही ब्लाउज बनाउन सकिन्छ जुन हरेक साडीसँग मिलाएर लगाउन सकिन्छ ।

रातो रंगको ब्लाउज

रातो ब्लाउजले फेस्टिभ लुक दिन्छ । रातो जुनसुकै साडीसँग मिलाएर लगाउन सकिन्छ । हल्का वा सादा साडीमा यो ब्लाउजले ग्ल्यामर लुक दिन्छ । 

सिम्पल कटन ब्लाउज

यो ब्लाउज सिम्पल लुक दिनका लागि लगाउन सकिन्छ । यो कटन, जर्जेट, क्रेप वा लेलिनको साडीसँग लगाउन सकिन्छ । साथै विवाह पार्टीमा हेभी साडीसँग रंगको संयोजन मिलाएर लगाउन पनि सकिन्छ । 

क्रिम वा एल्लो 

क्रिम वा एल्लो रंगको ब्लाउज प्रायः धेरैजसो साडीसँग मिलाएर लगाउन सकिन्छ । यो रंगको ब्लाउजलाई थोरै डिजाइन दिएर बनाउन सकिन्छ । जस्तो कि गलालाई डिजाइन दिन सकिन्छ । यो ब्लाउज क्रिम, पहेंलो, हरियो, कालो, रातो साडीसँग लगाउन सकिन्छ । 

रानी पिंक

उज्यालो पिंक रंगको ब्लाउज बनाइराख्न सकिन्छ । यो धेरैजसो साडीमा खुल्छ । सादा वा प्रिन्टेड साडीसँग मिलाएर लगाउन सकिन्छ ।

 

 Image